पंन्चदेवल विनायक नगरपालिकाका कर्मचारीद्धारा कार्यालयमा तालाबन्दी

अस्थायी करार ज्यालादारी कर्मचारी हकहित मञ्च पञ्देवल विनायक नगरपालीका अछामले नगरपालीकाको कार्यालयमा तालाबन्दी गरेको छ ।

विगत लामो समय देखी आफ्नो पारीश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै कर्मचारीहरु पालीकाको दैनिक कामकाज बन्द गरी आन्दोलनमा उत्रेको मञ्चका अध्यक्ष प्रेम जैशीले जानकारी दिए ।

Everest Incitute

मञ्चले ले आज एक बिज्ञप्ति जारी गर्दै नगरपालीकाले कर्मचारी प्रति विभेदकारी भुमिका निर्वाह गरेको र केहि करार कर्मचारी हरुलाइ पालीकाले विना निर्णय पारिश्रमिक उपलब्ध गराएको र अधिका‌ँस कर्मचारी हरुले पारिश्रमिक नपाएको भन्दै आपत्ति जनाएको छ ।

मिति २०७८ चैत्र ८ गते मञ्चले गरेको निर्णय प्रति पालीकाले कुनै सुनुवाइ नगरेको , अनेक बहाना बनाइ विगत ६ महिना देखी करार कर्मचारी हरुबाट सेवा लिने तथा म्याद थप वा पारीश्रमिकका सम्बन्धमा कुनैपनि आधिकारीक निर्णय नगरेको र पटक पटक एक अर्का प्रति आरोप प्रत्यारोप गरि पन्छिन खोजेको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको भन्दै बिज्ञप्तीमा उल्लेख छ ।

समयमै आफ्नो मागहरु पालीकाले सुनुवाइ नगरेमा थप संघर्षका कार्यक्रमहरु अगाडी बढाउने र यस बाध्यात्मक परिस्थिती बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामि क्षमा प्राथि छौ भनि अस्थायी करार ज्यालादारी कर्मचारी हकहित मञ्च पञ्चदेवल विनायक नगरपालीका अछामका अध्यक्ष प्रेम जैशि र प्रवक्ता प्रशान्त अधिकारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
पूरा बिज्ञप्ती :

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.