महालक्ष्मी बिकास बैंकद्धारा विद्यालयलाई हिलटंकी र डस्बिन हस्तान्तरण

महालक्ष्मी बिकास बैंक लिमिटेडले मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओलिगाउलाई हिलटंकी तथा फोहोर ब्याबस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको छ । मंगलसेन शाखा अन्तर्गत बैंकको
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खानेपानी ब्याबस्थापनका लागि हिलटंकी तथा फोहोर ब्याबस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको हो ।

विद्यालय ब्यबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी बिकास मंगलसेन शाखाका प्रबन्धक केशर रावलले एक हजार लिटर २ थान हिलटंकी र २ थान पलाष्टिक डस्बिन हस्तान्तरण गर्नु भएको थियो ।

प्रबन्धक रावलले नाफा आर्जन गर्न मात्र नभई सामाजिक अभियानका कार्यक्रममा समेत हरेक क्षेत्रमा बैंकले सहयोग गर्दै आउने बताउनु भयो । बैंक समाजका लागि भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत अभियान हरेक क्षेत्रमा अघि बढिरहेको बताउनु भयो ।

Mangala School 2081 subhakamana

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले बैंकसँग विद्यालय सधैं जोडिएकोले निरन्तर सहयोग गरिदिन आग्रह गर्नु भयो । नाफा मात्र नभई ब्याबहार रुपमा बैंकले कार्य गरेकाले धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथि विद्यालयका सल्लाहकार सदस्य बहादुर सिंह बिष्टले विद्यालय प्रति बैंकले देखाएको सद्भाव प्रति धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा निरन्तर सहयोगको अपेक्षा गर्नु भएको थियो ।

कार्यक्रममा युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावल, विद्यालय ब्यबस्थापन समिति सदस्य भरुदेवी रावल, वडा नम्बर ९ का कृषि प्राविधिक सुरेन्द्र बहादुर रावल, महालक्ष्मी बिकास बैंकका कर्मचारी तर्क धामी, विद्यालयका छात्र सृजना रावल अतिथि रहनु भएको थियो ।

विद्यालयका प्रअ मीन बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक धर्म बहादुर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.