स्वस्थ आनीबानी गरेमा क्षयरोगबाट बच्न सकिन्छ: जनस्वास्थ्य अधिकृत ढुंगाना

टेक बहादुर थापा : स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जिल्लामा प्रति लाख जनसंख्यामा ५० जना क्षयरोगका विरामीहरु भेटीने गरेको बताउनु भएको छ । अछाम जिल्लामा क्षयरोगका विरामीहरु रहेपनि निकै न्युन मात्रामा क्षयरोगका विरामीहरु पत्ता लागेको बताउनुभयो ।

अहिले पनि समुदायमा क्षयरोगका विरामीहरु रहेकाले उनीहरु बाट अन्य ब्यक्तिहरु पनि सक्रमित भईरहेको उहाको भनाई छ । कुराकानीका क्रममा ढुंगानाले यो आर्थिक बर्षको साउन देखी अहिले सम्म ९७ जना विरामीहरु सम्पर्कमा आएर औषधी खाई रहेका जनस्वास्थ्य अधिकृत ढुंगानाको भनाई छ ।

विरामीहरुको लापरबाही र रोजगारीको लागी बाहिर जानुपर्ने बाध्यताले अधिकांश क्षयरोगका विरामीहरुलाई पूर्ण मात्रामा औषधी खुवाउन नसकीएकाले यो जिल्ला स्वास्थ्य कार्यालय अछामलाई चुानौतिको बिषय भएको बताउनुभयो ।

क्षयरोग सरुवा रोग भएकाले यसको समयमै उपचार भएन भने ज्यानै जाने खतरा हुनेहुदो क्षयरोग समयमै पत्ता लागेपछि निको हुने बताउनुभयो । क्षयरोगको औषधी स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाईने भएकाले निरन्तर ६ महिना औषधी खाएमा यो रोगबाट बच्ने सकीने अधिकृत ढुंगानाले बताउनुभयो ।

अहिले समाजमा पत्ता नलागेका क्षयरोगका विरामी भएकाले क्षयरोगको संका लागेका ब्यक्तिहरुले तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गराउन अनुरोध गर्नुभएको छ । कुनैपनी ब्यक्तिलाई लामो समय सम्म खोकी लागेमा, ज्वरो आएमा, दुब्लाउदै गएमा क्षयरोगको लक्षण हुने भएकाले यस्ता विरामीहरुले समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रोग लुकाएर बसेमा त्यसले स्वयम ब्यक्ति संगै घरपरिवार र समाजका अन्य नागरिकलाई पनी सार्ने भएकाले हरेक नागरिकले जिम्मेवार बन्नुपर्ने अधिकृत ढुंगानाले बताउनुभएको छ । क्षयरोग मान्छेको दैनिक आनीबानीमा भर पर्ने भएकाले खानपीनमा बढि ध्यान दिएमा, नियमित ब्यायम गरेमा, धुम्रपान मध्यपान नगरेमा यो रोगबाट बच्न सकीने ढुंगानाको भनाई छ ।

हाम्रो वातारणमा क्षयरोगका किटाणुहरु हुने भएकाले फोक्सोलाई कमजोर बनाउने खालका गतिविधि नगर्न उहाको सुझाव छ । क्षयरोगका विरामीहरुले खोक्दा वा हाक्ष्यु गर्दा किटाणुहरु टाढा सम्म पुग्ने भएकाले यस तर्फपनी ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.