मंगलसेन ९ र १२ मेलमिलाप कर्ता कार्यकक्ष स्थापना

Samajik Bal biwaha

मंगलसेन नगरपालिका वडा नम्बर ९ र १२ मा मेलमिलाप कर्ता कार्यकक्ष स्थापना गरिएको छ । वडा नम्बर ८,९,१० र ११ लाई पायक पर्ने स्थान वडा नम्बर ९ र १२ र १४ लाई पायक पर्ने गरी वडा नम्बर १२ मा स्थापना गरिएको हो ।

Mangalsen Mun Anurodh

मंगलसेन नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक सरिता उपाध्याय नेतृत्वमा गएको टोलिले सहभागी मेलमिलाप कर्तालाई आवश्यक सुझाव, सल्लाह र निर्देशन दिदै कार्यकक्षको शुभारम्भ गर्नु भएको थियो । वडा नम्बर ९ मा भएको कार्यक्रममा वडा नम्बर नगर ८ अध्यक्ष हिरण्ड बोहरा, वडा नम्बर ९ अध्यक्ष झपट बहादुर रावल, १० अध्यक्ष नेत्र बहादुर रावल, वडा सदस्य, मेलमिलाप कर्ताको सहभागीता रहेको थियो ।

उता वडा नम्बर १२ भएको कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारी, पत्रकार नरेन्द्र रावल लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजिकरण न्यायिक समिति उजुरी प्रशासक नरेश बहादुर कठायतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.