मंगलसेन १० का आमा समुहलाई रकम हस्तान्तरण

मंगलसेन नगरपालिका वडा नम्बर १० का आमा समुहका कोषलाई आर्थिक सहयोग गरिएको छ । वडा कार्यालय मार्फत आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेट मार्फत आमा समुहलाई ४५ हजार आर्थिक सहयोग गरिएको हो ।

Samajik New Add 2082

वडाका ९ वटा टोलमा गठित आमा समुहलाई ५ हजारका दरले ४५ हजार सहयोग गरिएको वडा सचिव दिल बहादुर बोहराले जानकारी दिनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, वडा सदस्य गणेश रावल, ललिता रावल, सेते आउजी, शितल मिजार, आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज डम्बर थापा, सबै आमा समुहका अध्यक्ष महिला स्वास्थ्य स्वयम सेविका लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन सचिव दिल बहादुर बोहराले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.