युवाका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न

युवा क्लबका पदाधिकारीका लागि २ दिने नेतृत्व बिकास तालिम मंगलसेनमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन बुलगारीको आर्थिक सहयोग र वाक नेपाल मार्फत संचालित POWER 4AY परियोजना अन्तर्गत पंन्चदेवल विनायक नगरपालिका र मंगलसेन नगरपालिकामा युवाको सहभागिता रहेको थियो ।

तालिममा सहभागी युवाले स्थानीय तह संघ संस्था सहकार्य गर्दै आगामी दिनमा गर्ने कामको कार्ययोजना समेत तयार पारेका छन । हरेक परिवर्तनमा युवा जोडिने भएकाले समाज परिवर्तनका लागि भुमिका निर्वाह गर्ने युवाले प्रतिबद्धता जनाएका थिए ।

Janahitkari notice EYE

स्थानिय तहले बनाउने बजेट, बजेटको दायरा तथा नितिको बारेमा मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, दिगो बिकासका लक्ष्यका बारेमा शिक्षा अधिकृत जगत बहादुर रावल र नेतृत्व बिकास र सकारात्मक सोचका बारेमा सुआहारा अछाम बाजुरा प्रमुख लोक बहादुर नेपालीले युवालाई प्रशिक्षण गर्नु भएको थियो ।

२ दिनसम्म चलेको तालिमको सहजिकरण वाक नेपाल युवा शसक्तिकरण परियोजनाका संयोजक महादेव ओझा र मिल अफिसर भजन विश्वकर्माले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.