लैङ्गिक हिंसा न्युनिकरणका क्षेत्रमा भएका कामको समिक्षा मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकामा भएको लैङ्गिक हिंसा निवारण कोष र हिंसा न्युनिकरणका क्षेत्रमा काम गर्ने दातृ निकायले गरिरहेका कामको समिक्षा गरिएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्तर्गत सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो । Unfpa, cmc र पिसविन मार्फत भईरहेका कामको समीक्षा र भाबि योजनाका बारेमा छलफल गरिएको थियो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिकाका उपप्रमुख तथा लैङ्गिक हिंसा निवारण कोषका संयोजक सरिता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रम हिंसा न्युनिकरण कोष मार्फत भएका कामको बारेमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महत, Unfpa को तर्फबाट भएको प्रगती Unfpa का प्रमुख आस्था रिजाल, cmc को तर्फबाट भएका कामको पार्वती बोहरा र पिसविन मार्फत भएको प्रगति र भाबि योजनाका बारेमा परियाेजना संयोजक पुष्पा चन्द शाहले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम बोल्दै नगर उपप्रमुख उपाध्यायले कुरिती कुसंस्कार विरुद्ध गरिएका कार्यक्रमको चाडैं प्रतिफल नआउने बताउनु भयो । क्रमिक रुपमा समाज सुधार हुँदै जाने बताउदै हिँसा न्युनिकरणका लागि सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रमका अतिथि मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले हिंसा न्युनिकरणका लागि सबैले आ आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताउनु भयो । आगामी दिनमा कार्य योजना सहित कार्यक्रम अघि बढेमा उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।

सबै वडा अध्यक्षको तर्फबाट बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले आगामी दिनमा समुदायमा काम प्रभावकारी हुने गरि कार्यक्रमलाई जोड्दै जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष पदम सिंह भाट, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामि, वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना, ८ का अध्यक्ष हिरण्ड बहादुर बोहरा, ९ का अध्यक्ष झपट बहादुर रावल, १० का अध्यक्ष नेत्र बहादुर रावल, १४ का अध्यक्ष तेज बहादुर भण्डारी, कार्यपालिका सदस्य भावना विक, युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावल लगाएतका अतिथि रहनु भएको थियो ।

मंगलसेन नगरपालिका सामुदायिक मनोसामाजिक संयोजक पानसरा रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पिसविनका सामाजिक परिचालक छत्र कुमारी रावल शाहले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.