अछाममा विद्यालय दिवाखाजा कार्यक्रम प्रभावकारी: सरोकारवाला


अछाम जिल्लामा विद्यालय दिवाखाजा कार्यक्रम प्रभावकारी भएको एक कार्यक्रममा सहभागि सरोकारवाले बताएका छन । दिवा खाजा कार्यक्रमले विद्यार्थिको पोषणका क्षेत्रमा सुधार ल्याउनुका साथै बालबालिको विद्यालयमा उपस्थिती दरपनि बढाएको सरोकारवालाको भनाई छ ।

स्थानीय तहका पदाधिकारीहरुका लागि दिवा खाजा कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि सरोकारवालाले यो कार्यक्रम प्रभावकारी र रहेको यसलाई निरन्तरता दिनुपर्नमा जोड दिएका छन । विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थिहरुमा एक प्रकारको उर्जा थपी दिएको भन्दै यसलाई थप प्रभावकारी बनाएर लैजानु अहिलेको आवश्यक्ता रहेको सरोकारवालाको भनाई थियो ।

कार्यक्रममा सहभागि जिल्लाका १० वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुले आ आफ्नो पालिकामा दिवा खाजा कार्यक्रमले पारेको प्रभाव र अवस्थाका बारेमा जानकारी गराएका थिए । विद्यालय दिवाखाजा कार्यक्रम अछाम जिल्लाका ४ सय ७४ वटा विद्यालय र ६६ वटा बालविकास केन्द्रमा दिवा खाजा कार्यक्रम संचालन भएको सोही अवसरमा जानकारी गराईएको थियो ।

यो कार्यक्रम बाट जिल्ला भरका ५५ हजार ९ सय ८९ विद्यार्थि लावान्भित भएका शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरिले जानकारी दिनुभएको छ । जिल्लाभर दिवाखाजा कार्यक्रमको लागि बार्षिक रुपमा १० करोड बराबरको खाद्यान्न आउने गरेको प्रमुख गिरीले बताउनभयो । कार्यक्रममा बोल्दै प्रमुख गिरीले विद्यालय दिवा खाजा कार्यक्रमले सकारात्मक प्रभाव पारेको र यसलाई व्यवस्थित बनाएर लैजाने अहिलेको आवश्यक्ता रहेको बताउनुभयो ।
अहिले पनि जिल्लाका केही विद्यालयमा खाजा पकाउने भान्छाहरु गतिलो नहुदा यसलाई व्यवस्थित बनाउन चुनौती रहेको उहाको भनाई छ । कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले विद्यालय दिवा खाजा कार्यक्रम जिल्लामा प्रभावकारी भएको आफुले पाएको र आफैपनि केही विद्यालयमा पुगेर अनुगमन गर्दा यसको परिणमा राम्रो आएको बताउनुभयो ।
यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउदै नगर प्रमुख बोहराले स्थानीयले अपनत्व लिनुपर्नेमा जोड दिनुभएको छ । स्थानीय उत्दान खाने प्रचलन हराउदै गएको भन्दै दिवाखाजा कार्यक्रमले जिल्लामा शिक्षाका क्षेत्रमा राम्रो नतिजा ल्याउने भएकाले आगामी दिनमा आफ्नो पालिकाले यसमा सकारात्मकह सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका जिल्ला संयोजक एवं जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखजिल्ला अधिकारी विश्वराज मरासीनी, मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा, रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद, ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद लगायतको सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना केन्द्रीय कार्यालयका उपसचिव प्रकाश सापकोटा र समन्वय अधिकृत नेत्र प्रसाद पन्तले गर्नुभएको थियो ।
