४१ वटा सुचक पुरा गरेपछि ठाँटी बालमैत्री स्थानीय शासन घाेषणा

Kirci Gyan Kendra

अछामकाे मेल्लेख गाउपालिका वडा नम्बर ३ ठाटि जिल्लाकाे दाेस्राे वडाकाे रुपमा बालमैत्री वडा घाेषणा गरिएको छ । वडा नम्बर ३ ठाँटीले बाल मैत्री स्थानीय शासनका ४१ वटा सुचक पुरा गरेपछि एक भब्य औंपचारिक कार्यक्रमका बिच घोषणा गरिएको हाे । ठाँटिमा ५५५ घरधुरीमा ३२१६ जनसंख्या मध्ये १६५२ बालबालिकालाई प्राथमिकतामा राखी सुचक सबै पूरा भएका छन ।

Samajik New Add 2082

बालमैत्री स्थानीय शासन समिति अध्यक्ष तथा वडा अध्यक्ष केशर बहादुर शाहकाे अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले बालमैत्री स्थानीय शासन घोषणा भएको घोषणा गर्नु भएको थियो ।

Saud Agro Kailash

घोषणा गर्दै प्रदेश सभा सदस्य रावलले सामाजिक बिकासकाे माेडेलमा वडाले लिन खाेजेकाे भन्दै प्रसंशा गर्नु भयो । आगामी दिनमा पहिलो प्रथमिकताका साथ प्रदेश सरकारबाट सहयोग हुने रावलले प्रतिबद्धता समेत जनाएका छन ।

घोषणा कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवर र मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिपक साउद, प्रदेश कमिटी सदस्य तथा मेल्लेख इन्चार्ज भिम बहादुर बुढा, प्रदेश कमिटी सदस्य ईश्वरि थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य भिम खड्का, पुर्ब जिबिस सदस्य हेमराज शाह, माओवादी केन्द्रका नेता बालाराम उपाध्याय, वडा नम्बर ६ का वडा अध्यक्ष नरपती रावल, अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र खड्का, वर्ल्डभिजन इन्टरनेशनलका अपरेसन डाइरेक्टर अनुप राना आस्था नेपालका अध्यक्ष निर्मला रावल, सेबक नेपालका सेत बहादुर भुल, पिपल चाैर माबिका प्रअ उपेन्द्र शाह, महिलाको तर्फबाट कमला सिह ठकुरी, दलित नेटवर्कका पुरन बिक, बाल संजालका राेशन रावल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वडालाई बाल मैत्री स्थानीय शासन घाेषणा गर्नमा आस्था नेपाल, वर्ल्डभिजन इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग गरेकाे थियाे । वडा सचिव गोविन्द रावलले स्थानीय शासनको लागि हाल सम्म भएका प्रयास बारे प्रतिबेदन प्रस्तुत गर्नु भएको हो भने संचालन नरेन्द्र शाहले गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.