आमूल परिवर्तनमा पार्टीको ठुलो योगदान छ : माओवादी प्रदेश उपाध्यक्ष रावल

Purnima Mobile
Samajik Bal biwaha

बिक्रम परियार : नेकपा माओबादी केन्द्रका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल बहादुर रावलले आउदाे स्थानिय तहकाे चुनाबमा नकपा माओबादी पहिलाे शक्तिकाे रुपमा स्थापित हुने बताएका छन । संचारकर्मिसंग कुराकानी गर्दै पार्टीका प्रमुख सचेतक समेत रहनु भएका रावलले अहिले पनि जनताकाे माओवादी पार्टीमा आकर्षण बढ्दै गईरहेकाले जनताकाे पार्टी प्रतिकाे माेह कम नभएकाले अब आउदाे बैशाख ३० काे निर्वाचनमा नेकपा माओवादी केन्द्र देशमा पहिलाे शक्ति रुपमा स्थापित हुने दाबि गर्नु भयाे ।

Mangala Bharna
Saud Agro Kailash

उहाँले स्थानीय तहकाे चुनावमा जनताकाे माझमा जान नेकपा माअरओबादी केन्द्र संग मात्रै चुनावी एजेन्डा भएको र २५० बर्षकाे संबैधानिक राजतन्त्र, गणतन्त्र स्थापना आमूल परिवर्तनमा नेकपा माओवादिकाे ठुलाे याेगदान भएकाले अब बदलिएको ब्यवस्था कार्यान्वयन गर्ने जिम्मा पनि माओवादी कै भएकाले पनि जनताले माओबादिलाई बिजयी गराए मात्र देशमा समृद्धिकाे परिकल्पना सम्भव भएकाे बताउनु भयाे ।

Mellekh RM1

सुदुरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका रावलले राज्यको पहुँचबाट टाढा रहेका जनताका आधारभूत समस्या समाधान गरेपनि साेचेजति बिकास गर्न नसकेकाले जनता सम्म माफि माग्नु पर्ने अबस्था सृजना भएकाे पनि बताउनु भयाे ।

उहाँले याे क्षेत्रकाे पर्यटन प्रबर्द्धनमा सरकारकाे स्थाईत्व नभएकाले आधारभूत कुराहरु पूरा गर्नमा चुनाैति भएकाले आगामी पर्यटन प्रबर्द्धनका लागि विशेष प्राथमिकता दिने कुरामा जाेड दिनु भयाे । उहाँले आफु सधै जनताकाे साथमा रहेकाले जनताका समस्या नजिकैबाट नियालिरहेकाे र बिकास निर्माणमा सधै लागिरहेने प्रतिबद्धता जनाउनु भयाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.