३ पालिकाका ४० वटा समुदायलाई सुरक्षा र संरक्षण सम्बन्धी जानकारी

Purnima Mobile
Kirci Gyan Kendra

जिल्लाका ३ पालिकामा सुरक्षा र संरक्षण सम्बन्धि समुदायका लागि गोष्ठी सम्पन्न भएको छ । जिल्लाका तीन पालिका पञ्चदेवल विनायक नगरपालिका १९ वटा समुदाय, कमलवजार नगरपालिका ७ वटा समुदाय र तुर्माखाद गाँउपालिकाका १४ वटा समुदाय गरि ४० समुदायलाई जानकारी गराईएको हो ।

Samajik New Add 2082

अन्तराष्ट्रिय विकास नियोग USAID को आर्थिक सहयोग मर्सिकोर नेपाल र वाक नेपालको साझेदारीमा संचालित भकारी परीयोजना अन्तर्गत ६ मार्च देखि २६ मार्चसम्म संचालन भएको कार्यक्रमबाट समुदायस्तरीय सामुदायिक विपद व्यवस्थापन समिती, कृर्षि समिती र वन समितीका सम्पुर्ण पदाधिकारी गरि १ हजार ३ सय ३९ ब्यक्ति लाभान्वित भएका छन ।

Mellekh RM1
Saud Agro Kailash

गोष्ठिमा मुख्य गरि व्यक्ति, परिवार, समाजमा कुनै पनि लैगिंक, समाजिक, यौनिक र आर्थिक दुरब्याबहार र हिंसात्मक घट्ना घटेको खण्डमा आफुलाई सुरक्षित राख्नको लागि विभिन्न किसिमका फोन नम्वर समेत सहभागीलाई प्रदान गरिएको थियो ।

जसमा प्रहरी कार्यालय १००, राष्ट्रिय महिला आयोग ११५५, मानव वेचविखन फोन नम्वर ११७७, बालबालिका लागि आवश्यक सहयोग १०९८, बालबालिका वेचविखन १०४, मनोसामाजिक समर्थन १६६००१०२००१(TPO नेपाल), मनोसामाजिक सहयोग १६६००१२२३२२( कोसिस नेपाल), मनोसामाजिक समर्थन १६६००११८५०८० (CMC), मा सम्पर्क गरी आफु सुरक्षित हुन आग्रह गरिएको छ ।

सोहि अनुरुप समुदायका सम्पुर्ण व्यक्तिहरुले सकारात्मक जानकारी र नम्वरहरुको वारेमा थाहा पाएपछि आगामी आफ्नो घर, टोल, समुदायमा त्यस्ता घटना घटेपछि सम्बन्धित निकायलाई जानेकारी गराउने र अवसर प्रदान गरेकोमा धन्यवाद समेत ब्यक्त गरेका छन ।

कार्यक्रमको सहजिकरण वाक नेपालका लैगिंक समानता तथा सामाजिक समावेशिकरण अधिकृत सरिता विष्ट र ५ जना सामुदायिक परिचालकहरुले गरेका थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.