होजियारी सीप महिलाहरुलाई जिविकोपार्जनको महत्वपूर्ण आधार हुनसक्नेः उपाध्यक्ष रावल


रामारोशन गाउँपालिका वडानम्वर ५ रामारोशनमा ४५ दिने हाते होजियारी तालिम सम्पन्न भएको छ । वडाका एकल तथा बिपन्न महिलाहरु लाई लक्षीत गरि सञ्चालन गरिएको तालिमको समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल प्रमुख अतिथी रहनुभएको थियो । तालिम समापन गर्दै उपाध्यक्ष रावलले एकल तथा विपन्न महिलाहरुका लागि जीवन उपयोगी सीप सिकाई उद्यमी बनाउने उद्देश्यले तालिम चलाईएको वताउनुभयो । महिलाहरुले ४५ दिनसम्म सिकेको सीपले उनिहरुलाई जिविकोपार्जनको महत्वपूर्ण आधारको रूपमा विकास हुने अपेक्षा गर्नुभयो ।
तालिम समापन समारोहमा वडा अध्यक्ष लक्ष्मण परियार सहित जनप्रतिनिधि, स्थानीय समाजसेवी सरोकारवाला र प्रशिक्षकको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।




