२ दिने नेतृत्व विकास र प्रस्तावना लेखन तालिमबाट २०८ जना महिला लाभान्वित
वाक नेपाल अछामले २ दिने नेतृत्व विकास र प्रस्तावना लेखन सम्वन्धि तालिम कार्यक्षेत्रका ३ पालिका पञ्चदेवल विनायक नगरपालिका, कमलवजार नगरपालिका र तुर्माखाद गाँउपालिकामा सम्पन्न गरेको छ । अन्तराष्ट्रिय विकास नियोग USAID को आर्थिक सहयोग मर्सिकोर नेपाल र वाक नेपालको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत विनायकका १९ वटा समुदाय, कमलबजारका ७ वटा समुदाय र तुर्माखाँदका ४० वटा समुदाय गरि जम्मा २०८ जनालाई १५ फेब्रुअरी २०२२ देखि २३ मार्च २०२२ सम्म संचालन गरिएको थियो ।
३ पालिकामा १० वटा तालिम सन्चालन गरि समापन गर्दा तालिमबाट महिला १४६, दलित महिला ५५ र जनजाती महिला ७ जना गरी जम्मा २०८ जना लाभान्वित भएका थिए । तालिममा विभिन्न समितीहरुमा समुदायस्तरीय सामुदायिक विपद व्यवस्थापन समिती, कृर्षि समिती र वन समितीका महिला सदस्यको सहभागीता रहेको थियो । तालिमको उद्घाटन नगर प्रमुख, पालिका अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्षले व्यानर वाचन गर्नु भएको थियो ।
तालिममा मुख्य गरि वैठक वस्दा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यको काम कर्तव्य र अधिकारको वारेमा जानकारी, समुहमा औपचारीक कार्यक्रमको अभ्यास, समुहको माईन्युट महिलाले नै उठाउन सक्ने, निवेदन लेख्न सक्ने, लैगिक समानता तथा सामाजिक समावेशिकरण भाकारी परीयोजनामा पहिलो अवधारणाको विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रम संचालन गर्दा परियोजना मार्फत ७ लाख ५० हजार ३ सय १८ रुपैयाँ खर्च भएको वाक नेपालले जनाएको छ । तालिमको सहजिकरण वाक नेपालका लैगिंक समानता तथा सामाजिक समावेशिकरण अधिकृत सरिता विष्टले गर्नु भएको थियो ।