जनता नमुना माबिकाे ३ तले पक्की भवनको सिलान्यास

Kirci Gyan Kendra

लाल बहादुर चदारा : जिल्लाकाे मेल्लेख गाउपालिका वडा न ५ बिन्धेबासनिमा रहेकाे जनता नमुना मा बि काे ३ तले १२ काेठे पक्की भवनको सिलान्यास गरिएकाे छ ।

Samajik New Add 2082

गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहराले भवनको सिलान्यास गरे । बाेहराले जनता मा बि मेल्लेख गाउपालिकाकाे उच्चतम बिद्यालय रहेकाेले अब बिद्यालयले पुर्बधार अभावमा शैक्षिक लगायतका समस्य झेलिरहनु नपर्ने बताए।

Saud Agro Kailash

जनता माबिलाई नमुना बिद्यालयकाे रुपमा बिकास गर्न सबै पक्षले सहयोग गर्नुपर्ने उनले बताए। साथै नमुना बिद्यालय व्यवस्थापन निर्देशिका अनुसार काम अगाडि बढाउन पनि ठेक्कादार लाई आग्रह गरे।

जनता मा बि नमुना बिद्यालय काे लागि छनाेटमा परेकाे छ । बिद्यालय, शिक्षा तथा मानवस्राेत बिकाश केन्द्र काे सहयोगमा १ कराेड ४५ लाख काे लगानीमा भवन बन्ने भएकाे छ । साे बिद्यालय भवनकाे सि बि आर एण्ड बि एन जेबि कम्पनीले निर्माण कार्यकाे जिम्मा लिएकाे छ ।

सिलान्यस कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष रमेश खडका, मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्का, इन्जिनियर खडक धामि, प्राबिधिक शिव खड्का मावोबादी नेता अर्जुन धामि वीर बहादुर साउद नेकपा एमाले का नेता चन्द्र साउद जजक खड्का नेपाली काग्रेसका नेता पदम खड्का माेति सिह साउद युवा नेता प्रकाश अधिकारी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घ खड्का बिद्यालय का प्र .अ नृप बहादुर बिक, बिद्यालय व्यवस्थापन समिति सदस्य मीन राेकाय लगायतको सहभागिता रहेकाे थियाे।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.