विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्धारा प्रशासनमा ज्ञापनपत्र पेश

Kirci Gyan Kendra

नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको छ । केन्द्रिय छात्रा बिभागको कार्यक्रम अन्तर्गत अखिल (क्रान्तिकारी )अछामले शैक्षिक क्षेत्र भित्र हुने बिकृती बिसंगती तथा छात्रा माथी हुने यौन हिंसाका घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्दै अछाम प्रशासनलाई ज्ञापनपत्र बुझाइएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको विज्ञप्तिमा छात्रा माथि हुने हिँसा न्युनिकरणका लागि राज्य सवेदनशिल नभएको भनिएकाे छ । ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा महानन्द जोशीले विद्यार्थी संगठनले राखेका माग जायज भएकाले जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनु भयो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारी अछामका अध्यक्ष दिपेन्द्र जैगडी, छात्रा बिभाग सदस्य पबित्रा शाही लगाएतको सहभागिता रहेको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.