अनेम संघ अछामको ८ औं जिल्ला अधिबेशनको उदघाटन समारोह सम्पन्न

Kirci Gyan Kendra

अखिल नेपाल महिला संघ अछामको ८ औं जिल्ला सम्मेलनको उदघाट्न समारोह सम्पन्न भएको छ । जिल्ला अध्यक्ष लक्ष्मी बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मना अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि अधिकारीले अबको स्थानिय तहमा महिलाको स्थान सुनिश्चित हनुपर्ने बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

राजनितीक दलले गठबन्धनका नाममा महिलाको अधिकार खोस्ने कुचेष्ठा भईरहेकाले हरेक पार्टीमा आबद्ध महिला चनाखो हुनुपर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहराले महिला, दलित, सिमान्तकृत वर्गलाई एमालेले स्थान दिदै आएको बताउनु भयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिम जनाला, निर्मला रावल, एमाले अछामका सचिव भिम बहादुर रावल, जिल्ला कमिटी सचिवालय सदस्य सरिता उपाध्याय, पशुपति कुवर, जिल्ला कमिटी सदस्य बिमला शाही, दुधकला बिष्ट, कमला ताम्राकार, अम्बिका खडका, अम्बिका शाहि, गंगा थापा, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष सर्पराज रिमाल, बुद्धिजीवी परिषद अछामका कोषाध्यक्ष हैकला रावल, अनेरास्ववियु जिल्ला कोषाध्यक्ष जगत भण्डारी, अनेम संघ पुर्व उपाध्यक्ष तारा कडायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन सचिव बिन्दु रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.