बान्निगढीमा अन्तर माध्यामिक विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उदघाटन

Kirci Gyan Kendra

अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिकामा अन्तर माध्यामिक बिधालय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उदघाटन गरिएको छ । बान्निगढी जयगढ गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

Samajik New Add 2082

गाउँपालिकाका खेलकुद संयोजक केशर बिकको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम प्रमुख अतिथी बान्निगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनु भएको छ ।
प्रमुख अतिथी खड्काले ब्यानर बाचन गर्दै प्रतियोगिताको उद्दघाटन गर्नु भएको थियो ।

Saud Agro Kailash

उद्घघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले गाउँपालिकामा पछिल्लो समय खेल क्षेत्रको बिकास राम्रो भएको बताउनु भएको छ । पालिकाका अन्तरगतका खेलाडीहरुले खेल क्षत्रबाट नै नाम चिनाउन सफल भएको भन्दै प्रसंसा समेत गर्नु भयो ।

आफुले खेल क्षत्रको बिकासको लागी जहिले पनि पहल गरिरहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष खड्काले आउने दिनहरुमा पनि खेलाडीको बिकास र खेल क्षेत्रका संरचना निर्माण गर्न को लागी आफु प्रतिबद्ध रहेको समेत बताउनुभयो । साथै उहाँले खेलहरुमा पक्षे बिपक्ष नगर्न पनि आयोजक लाई आग्रह गर्नु भयो ।

रनिङ्ग शिल्ड उद्घाटन कार्यक्रममा पालिकाका ६ वटै वडाका अध्यक्षहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, बुद्धिजिबि, पालिकाका सदस्यहरु, प्रहरी लगाएतको उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य पालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत झनक रेग्मिले राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन वडा नम्बर ५ का सचिब दिपेन्द्र साउँदले गर्नु भएको थियो ।

पालिकाका ६ ओटा माध्यमिक बिधालयको सहभागिता रहेको रनिङ्ग शिल्ड प्रतियोगीता यहि चैत्र १८ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.