जयगढीको अध्यक्षतामा युवा संजाल रामारोशनको नयाँ नेतृत्व चयन

Kirci Gyan Kendra
Saud Agro Kailash

युवा संजाल रामारोशन गाउँपालिकाको दोस्रो पालिका अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले अर्जुन जयगढीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसमा उपाध्यक्ष चन्द्र बटाला, सचिव प्रकाश परियार, सह सचीव झुमन अयडी, सह सचीव पदम टमट्टा, कोषाध्यक्ष लक्ष्मी साउद, सदस्य नेत्र बहादुर साउद, मिन बहादुर बिक, पदम बुढा,निरुता साउद र अर्जुन टमट्टा सदस्य रहेका छन ।
पालिकाका संयोजक लक्ष्मण बोहराको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष झंकर बहादुर साउद (भास्कर) प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि साउदले युवाको क्षेत्रमा पालिकाको तर्फबाट गर्न सकिने सहयोग जहिले पनि रहने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वार, नेकपा माओवादी केन्द्रका रामारोशन गाउँपालिका पार्टी अध्यक्ष शेर बहादुर बोहरा, गाउपालिका पञ्जिकरण शाखा प्रमुख दल बहादुर साउद, जिल्ला युवा संजाल सदस्य चन्द्र बहादुर भण्डारी लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.