चैत १९ गतेबाट मंगलसेनमा मेयरकप पुरुष भलिबल प्रतियोगिता हुदै

अछामको मंगलसेन नगरपालिकामा पालिका स्तरीय मेयर कप पुुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ । नगरपालिकाकाको आयोजनामा मंगलसेनको बुहत खेल मैदानमा चैत्र १९ गतेबाट संचालन हुने नगरपालिकाले जनाएको छ ।

Everest Incitute

टिम दर्ताका लागी यही चैत १९ गते बिहान १० बजे सम्मको समय राखिएको छ भने खेल संचालन सोहि दिन बिहान ११ बजेदेखी हुने बताईएको छ ।

प्रतियोगितामा प्रथम टिमले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाण पत्र, द्वितीयले ५५ हजार ५ सय ५५ नगद सहित कप, मेडल र प्रमाण पत्र, तृतीयले ३३ हजार ३ सय ३३ नगद सहित कप, मेडल र प्रमाण पत्र र सान्त्वना टिमले ११ हजार १ सय ११ नगद पुरुस्कार प्राप्त गर्नेछ । सो पुरुस्कार सबै राशिमा २५ प्रतिशत करकट्टि गरिने समेत बताईएको छ ।

दर्ता शुल्क ५ हजार तोकिएको प्रतियोगितामा खेलाडीले सम्बन्धित पालिकाको स्थायी बासिन्दा भएको परिचय खुल्ने नागरिकता वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने र खेलाडीले प्रतियोगिता अवधि भर खान बस्नको व्यवस्था आफै गर्नुपर्ने मंगलसेन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.