कालिका मावि हिच्मामा अनेरास्ववियू क्रान्तिकारीको ईकाई कमिटी गठन
कालिका माध्यामिक विद्यालय ढकारी गाउपालिका वडा नम्बर २ हिच्मामा अनेरास्ववियू क्रान्तिकारीको ईकाई कमिटी गठन गरिएको छ । मौलिक अधिकार कार्यान्वयन हाम्रो सरोकार´भन्ने मुल नाराका साथ भएको भेलाले प्रकाश बुढाको अध्यक्षतामा ५१ सदस्यीय संगठन कमिटी गठन गरेको हो ।
जसमा उपाध्यक्ष सुरेन्द्र नेपाली, मेनुका खतिवडा, सचीव दिपक साउद, सहसचिव झर्ना बिक, कोषाअध्यक्ष अप्सरा साउद लगाएतका सदस्य रहेका छन । सुरेन्द्र नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका जिल्ला कमिटी अध्यक्ष लाल बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि साउदले समाज र शिक्षा भित्र रहेका तमाम बिकृतीलाई अन्त्य गर्न जनताका छोराछोरी अखिल क्रान्तिकारीमा गोलबद्ध हुनु पर्नेमा जोड दिनु भयो ।
माओवादी केन्द्रका नेता लक्ष्मी प्रसाद रिमाल बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा संगठनका जिल्ला कमिटी सचिवालय सदस्य तथा ढकारी गाउपालिकाका सह-इन्चार्ज सागर रिमाल र ycl नेपालका जिल्ला कमिटी सदस्य गाउपालिका संयोजक नवराज जैसी (NP) लगाएतका अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालन युवराज उपाध्याय ले गर्नु भएको थियो ।
