ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत साँफेबगरका जेष्ठ नागरिकलाई स्वागत तथा सम्मान गरियो

Kirci Gyan Kendra

साँफेबगर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै १० दिने देश दर्शन गरेर फर्केर आएका जेष्ठ नागरिकलाई स्वागत तथा सम्मान गरिएको छ । नगरपालिकाको जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत २६ जना जेष्ठ नागरिकलाई स्वागत सहित सम्मान गरिएको थियो ।

Samajik New Add 2082
Saud Agro Kailash

सोही अवसरमा वडा अध्यक्ष लाल बहादुर खडका, कर्मचारी देबसरा थापा, कर्ण कुवर, बस चालक र मालिकलाई समेत सम्मान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुवरले जेष्ठ नागरिक बिचारका खानी भएकालेे हरेकले सम्मान गर्नुपर्ने बताउनु भयो ।

नगर प्रमुखको तर्फबाट नगद तथा सम्मान पत्र हस्तान्तरण गर्दै हरेक नयाँ कार्यको थालनि आफ्नो कार्यकालमा भएकाले सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गर्नु भयो । स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख कुवर सहित उपप्रमुख बिरमला देवि बुडथापा, कार्यपालिका सदस्य जयन्ती बोगटी, जित बहादुर निसानी लगाएत सम्बन्धित शाखाका कर्मचारीको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.