अछाममा सहमतिमा यौन सम्बन्धपछि बलात्कार आरोप लगाउनेलाई ३ वर्ष जेल

मेनुका ढुंगाना : घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार आरोपसहित गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।

यसअघि ती पुरुष माघ १५ गते बिहेका लागि माग्न आएका थिए । त्यसपछि त्यहीँ बसेका थिए । त्यस क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको पुरुषले बताएका छन् । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित जबर्जस्ती करणीमा जाहेरी दिएकी थिइन् ।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी उनले गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

Everest Incitute

तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताए पनि बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको उल्लेख गरेकी थिइन् ।

अर्कातिर ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।

किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित घर फर्केका थिए । आफन्तको निधन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएपछि उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।

अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ ।

दुवै पक्षको बयान र आवश्यक तथ्य प्रमाणका आधारमा अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.