प्रमुख पदमा महिलाको स्थान सुरक्षित गराउन राजनितीक दलका प्रमुखलाई महिला अगुवाको दबाब

Purnima Mobile
Kirci Gyan Kendra

अछामका महिला अगुवाले आगामी स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीताको सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुखसँग छलफल गरेका छन । जिल्लामा शिर्ष पार्टीका नेतासँग छलफल गर्दै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष, गाउपालिका अध्यक्ष, नगरपालिका प्रमुखमा महिलाको स्थान सुरक्षित हुनुपर्नेमा माग गरेका थिए ।

Samajik New Add 2082

हरेक पार्टीले महिला उम्मेदवार बनाउन सहभागी महिला अगुवाले दबाब दिएका थिए । समबिकास नेपाल अछामकाे आयोजनामा भएको कार्यक्रममा प्रतिबद्धता जनाउँदै नेपाली काग्रेस अछामका सभापति पुष्प बहादुर शाहले प्रमुखमा दाबेदार गर्ने महिलाले वडाबाटै नेतृत्वका लागि नाम पठाउन आग्रह गर्नु भयो ।

Mellekh RM1

नेतृत्व बिकास र शसक्तिकरणका लागि पार्टी जहिले पनि प्रतिबद्ध रहेको बताउनु भयो । सभापति शाहले आगामी दिनमा महिलालाई दीईएको पद अनुसार जिम्मेवार बनाउदै पार्टीले सम्मान दिने बताए । नेकपा एमालेका अध्यक्ष चन्द्र बोहराले महिलालाई नेतृत्व दिने बिषयमा सबै दलले साझा धारणा बनाउनु पर्नेमा जोड दिनु भयो ।

Saud Agro Kailash

पार्टिहरु विधि, विधान र सिद्धान्तको आधारमा अघि बढने भएकाले गठबन्धनका नाममा महिलाको अधिकार खोस्ने कार्य भएको बताउनु भयो । कानुनी कुरामा हरेक जानकार बन्नु पर्नेमा जोड दिदै सविधानले बनाएको नियम अनुरुप एमाले पार्टी अघि बढने बताउनु भयो ।

छलफल कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोक बहादुर बोगटीले महिलालाई नेतृत्व दिनमा पार्टी जहिले पनि अग्रसर रहेको बताउनु भयो । विगत २०७४ को निर्वाचनमा समेत स्थान दिएको बताउदै अबको निर्वाचनमा वडा तह देखि नै स्थान दिने बताए ।

नेकपा एकीकृत समाजवादी अछाममा सहसचिव नयन सोडारीले आफ्नो पार्टिले महिलालाई उचित स्थान दिएको बताउनु भयो ।
स्थानिय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेकोले क्षमताका आधारमा वडा, गाउपालिका र नगरपालिकामा महिलालाई स्थान दिने बताए ।

कार्यक्रममा पंचदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले आफ्नो ५ बर्षे स्थानिय तहको अनुभव सुनाउदै अबको चुनावमा नेतृत्व लिन तयार रहेको बताउनु भयो ।

कार्यक्रममा महिला अगुवा मना अधिकारी, पशुपति कुवर, विन्दु रावल, अनुराधा स्वार रावल, मेनुका ढुंगाना लगाएतले आफ्नो तर्फबाट सुझाव राख्नु भएको थियो । छलफल कार्यक्रमको सहजिकरण पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुवरले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.