भरत बिष्टको अध्यक्षतामा तुर्माखाद गाउपालिका स्तरिय युवा संजाल गठन

जिल्लाको तुर्माखाद गाउपालिकामा गाउपालिका स्तरीय युवा संजाल गठन गरिएको छ । “सहकार्य र एकता हाम्रो अभियान, राष्ट्र निर्माणमा युवा परिचालन” भन्ने मुल नारा सहित भएकाे प्रथम गाउपालिका अधिवेशनकाे बन्दसत्रबाट भरत बिष्टको अध्यक्षतामा १५ सदस्यीय युवा संजाल निर्वाचित भएको हाे ।

संजालकाे उपाध्यक्षमा नरबहादुर बुढ र पुष्पा बुढा, सचिवमा बिनाेद शाही, सहसचिवमा गाेविन्द बुढा र टेक नेपाली, काेषाध्यक्षमा निशा बाेगटी लगाएतमा सदस्य रहेका जिल्ला युवा संजालका सल्लाहकार सदस्य तथा निर्वाचन समिति संयाेजक जगत शर्माले जानकारी दिनुभयो ।

Everest Incitute

गाउपालिका संयाेजक भिम बुढाक‍‍ो अध्यक्षतामा भएको कार्यक्रममा तुर्माखाद गाउपालिका अध्यक्ष पुष्पराज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । हनुभएकाे थियाे । प्रमुख अतिथि अध्यक्ष शर्माले युवाहरुकाे पक्षमा बजेट तथा कार्यक्रम बनाउन आफु तयार रहेकाे बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष अमृतादेवि बुढाले महिला, बालबालिका, युवा, दलितको क्षेत्रमा आफ्नो तर्फबाट जहिले पनि सहयोग हुदै आएको बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य जाेरासिंह बिष्ट, नेकपा एमालेका जिल्ला सदस्य निर्मला न्याैपाने, नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश बहादुर शाही अतिथि रहनु भएकाे थियाे ।

यस्तै कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष थिर बहादुर रावल, २ का अध्यक्ष शुभ जैशी, ३ का अध्यक्ष पदम बहादुर बिसि, ४ का अध्यक्ष कविराम बयक, ५ का अध्यक्ष तुलाराम जैशी, ७ का अध्यक्ष रतन चलाउने र ८ का अध्यक्ष चक्र प्रसाद धमला लगायतका अतिथि रहनु भएकाे थियाे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.