माओवादी केन्द्र मंगलसेन नगर कमिटीको चुनाव लक्षित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र मंगलसेन नगर कमिटीको तेस्रो सचिवालय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष राज कुमार सोडारीको अध्यक्षतामा भएको बैठकले स्थानिय तह निर्वाचन लक्षित चुनावी प्रचारप्रसारका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

Samajik New Add 2082

जसमा लोक बहादुर बोगटीको संयोजकत्वमा गठबन्धन समन्वय समिती, नरेन्द्र रावलको संयोजकत्वमा प्रचार प्रसार समिति, राजिब सोडारीको संयोजकत्वमा आर्थिक समिति र ईश्वर सोडारीको संयोजकत्वमा घोषण पत्र निर्माण समिति गठन गरिएको छ ।

पार्टी केन्द्रिय सदस्य तथा प्रदेश कमान्ड १ इन्चार्ज शरद सिह भण्डारीको प्रमुख आथित्यमा भएको बैठकमा प्रदेश कमिटी सदस्य तथा जिल्ला सह-इन्चार्ज लोक बहादुर बोगटी, जिल्ला सदस्य सुरत भण्डारी, वाईसीएल प्रदेश संयोजक शिव बोगटी, जिल्ला सदस्य रुप रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष चेतना रेग्मी लगाएतका अतिथि रहनु भएको थियो ।

नगरकमिटी उपाध्यक्ष उपाध्यक्ष धनबिर नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको संचालन सचिव कमल थापाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.