युवा संघ नेपालको कमलबजार नगर कमिटी गठन

राष्ट्रिय युवा संघ नेपालको कमलबजार नगर कमिटी गठन गरिएको छ । आज भएको भेलाले भानुभक्त बटालाको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो ।

जसमा उपाध्याक्षमा देवेन्द्र थापा, सचिबमा जगत साउँद, सह सचिबमा बिशाल बिष्ट र कम्मान बिष्ट लगायत २५ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरिएको नव निर्वाचित सचिबमा जगत साउँदले जानकारी दिए ।
युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य एवं कमलबजार नगर इन्चार्ज योगेश ढकालको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य कटक साँउद रहनु भएको थियो ।
बिशिष्ट अतिथी नेकपा एमाले जिल्ला उपाध्यक्ष बल बहादुर कुवर रहनु भएको कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य दिपक प्रसाद अधिकारी लगाएत अतिथि रहनु भएको थियो ।
