साँफेबगर १ का १२ जना (ग र घ ) वर्गका अपांगता भएका ब्यक्तिलाई आर्थिक सहयोग

Purnima Mobile
Samajik Bal biwaha

कल्पना वोहरा : राज्यबाट ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ । तर भत्ताको व्यावस्था भने अहिलेसम्म गर्न भने सकेको छैन । सामाजिक सरुक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार पूर्ण अपाङ्गता भएका ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेकालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता भएका ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका व्यक्तिले मासिक ६ सय पाउँदै आएका छन् । तर शारीरिक रुपमा अपाङ्गता भएका ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्ति भने सामाजिक सुरक्षा भत्ता पाउनबाट भने बन्चित भएपछि साँफेबगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

Mangala Bharna

साँफेबगर नगरपालिकाबाट अपाङ्गता परिचयपत्र बनाएकालाई एकमुष्ठ १२ हजार र जिल्लाबाट परिचय पत्र बनाएकालाई ९ हजार सहयोग गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले नगरमा रहेको ‘ग र घ’ वर्गका अपाङ्गगता भएका १४८ जनाको लागि चालु आर्थिक वर्षमा १५ लाखको वजेट व्यवस्था गरिएको बताउनुभयो ।

Mellekh RM1

आफुले ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको लागि प्रदेश र केन्द्र सरकारसँग वारम्वार माग गरेपनि सुनाई नभएपछि साँफेबगर नगरपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो । पहिलो दिन आज साँफेबगर नगरपालिकाका वडा नं.१ वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ सिद्देश्वरका ३१ जनालाई आर्थिक सहयोग गरिएको छ ।

Saud Agro Kailash

आर्थिक सहयोग कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले ‘क’ र ‘ख’ वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तर तथ्यांक संकलन गरेर ‘ग र घ’ वर्गका अपाङ्गगता भएका ल्याक्तिलाई कुनै पनि किसिमको सहयोग नहुनु राज्यको विभेदकारी नीति रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

अपाङ्गगता भएका व्यक्तिको कित्ताकाट गरी विभेद गर्ने सरकारको नीति गलत भएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । उहाँले केन्द्र र प्रदेश सरकारसँग ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई समाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गर्नुभएको छ । यस्तै अव आउने स्थानीय तहका जनप्रतिनिधिले पनि यो विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वार्षिक रुपमा ‘ग र घ’ वर्गका अपाङ्गगतालाई साँफेबगर नगरपालिकाले सम्झेकोमा साँफेबगर नगरपालिका वडा नं.१ शिद्देश्वका राजु आउजीले खुसी व्यक्त गर्नुभयो । हामी ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिको पक्षमा कोही पनि छैन सोचेका थियौ, तर साँफेबगर नगरपालिकाले वार्षिक रुपमा केही आर्थिक सहयोग गरेकोमा खुसी लागेको बताउनुभयो ।

शारीरिक रुपमा अपाङ्गता भएका कारण घरपरिवारबाट समेत अपहेलना हुँदै आएकोमा राज्यको विभेदकारी नीतिका कारण प्रदेश र केन्द्र सरकारबाट समेत अपहेलित हुनु परेको अपाङ्गगता भएका व्यक्ति साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका हंस भूलको पनि दुःखेसो रहेको छ । साँफेबगर नगरपालिकाले हामी कोही नहुनेलाई सम्झेकोमा खुसी लागेको बताउनुभयो ।

“ग र घ” वर्गका अपाङ्गगतालाई आर्थिक सहयोग कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथका वडा अध्यक्ष अमर शाह, वडा नं.२ जाल्पादेविका वडा अध्यक्ष कालु सिंह कुँवर, वडा नं.३ सिद्देश्वरका कार्यवाहक वडा अध्यक्ष सिता सुनार, सामाजिक सुरक्षा शाखाका प्रमुख देवसरा थापा, वडा सदस्य, वडा सचिव, पत्रकारको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.