हत्या गरेको अभियोगमा पक्राउ

दाङ, १ असोज

Samajik New Add 2082

आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउः

यस्तै, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुनार र सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँस।थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.