युवा संघ र अनेम संघ साँफेबगरको संयुक्त भेला सम्पन्न

रमन भट्ट : राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ साँफेबगरको संयुक्त भेला साँफेबगरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष अप्सरा स्वारको अध्यक्षतामा भएको भेलाले राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ साँफेबगरको छुट्टाछुट्टै नयाँ कमिटी चयन गरेको हो ।

Samajik New Add 2082

भेलाले राष्ट्रिय युवा संघ नेपाल साँफेबगर नगर कमिटीको अध्यक्षतामा जीवन खनाल अध्यक्ष रहने गरी ३३ सदस्यीय नयाँ कमिटी चयन गरीएको हो । कमिटीको उपाध्यक्षमा हेमराज बिष्ट, सुरज थापा, सचिव भिम साउँद, सहसचिव कृष्ण रावल, रेबन्त कुँवर र कोषाध्यक्षमा रचना भण्डारी चयन हुनु भएको हो ।

यस्तै भेलाले अखिल नेपाल महिला संघ साँफेबगर नगर कमिटीको पनि नयाँ कमिटी चयन गरीएको छ । कमिटीको अध्यक्षमा सिता कुँवर, उपाध्यक्षमा जानकी लुहार, सचिव भगवति कुँवर, कोषाध्यक्ष हिमा कुँवर लगायत अन्य सदस्यहरुलाई चयन गरीएको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ साँफेबगरको संयुक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर रहनु भएको थियो । यस्तै भेलामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य टेकराज कुँवर, नेकपा एमाले जिल्ला कमिटी अछामका सचिवालय सदस्य तथा संगठन विभिाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगर कमिटी इन्चार्ज रमेश कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य केशर मिया, पशुपति कुँवर, बालगिरी कुँवर, जिल्ला कमिटी सदस्य दीपक कुँवर, उजिर सिंह साँउद, झंकर कुँवर, दुधकला बिष्ट, रतन रावल, भरत शाह, रबिन्द्र शाह, चक्र सुनार, हेमा नागरी, सुरत भुल, अम्बिका खड्का, रामप्यारी कुँवर, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अनिता खड्का, नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवर, सचिव ललित बोगटी, एमाले पूर्व जिल्ला कमिटी सल्लाहकार सदस्य लाल बहादुर रावत, भुपेन्द्र महता, राष्ट्रिय युवा संघका जिल्ला कमिटी सचिव जितेन्द्र कुँवर, अनेरास्ववियुका जिल्ला सचिव भिम बडाहित लगाएतको उपस्थिति रहेको थियो । भेलाको संचालन युवराज कुँवरले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.