आगामी निर्वाचनमा माओवादी देशको पहिलो पार्टी बन्छ : नेता भण्डारी

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा माओवादी पार्टी देशै भरी भारी बहुमतले विजय हुने दाबि गर्नु भएको छ । नेकपा माओवादी केन्द्र कमल बजार नगर कमिटीले आइतबार कमल बजारमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै संविधानसभा सदस्य समेत रहनुभएका नेता सो कुरा बताउनुभएको हो ।

Samajik New Add 2082

भण्डारीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले जितेका स्थानीय तहमा नमुना योग्य कार्य भएको र कार्य सम्पादनमा देशकै १ नम्बरमा भएकोले आगामी हुने निर्वाचनमा माओवादी देशको एक नम्बर पार्टी हुने बताउनुभयो । देशको विकास, आर्थिक समृद्धि माओवादीले मात्र गर्न सक्ने भएकोले आगामी निर्वाचनमा सबै जनताले माओवादीलाई मतदान गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।

Mellekh RM1
Saud Agro Kailash

संसदीय निर्वाचन प्रणालीले देशको विकास नहुने भन्दै वहाँले नेकपा माओवादी केन्द्र समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरदशिह भण्डारी आँको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज रण बहादुर बिष्ट, प्रदेश कमिटी सदस्य मोतीकला चलाउने, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनकी केन्द्रीय उपाध्यक्ष चेतना रेग्मी, जिल्ला सङ्गठन समन्वय समिति सचिवालय सदस्य जनक रावत, जिल्ला समन्वय समिति सदस्य शेर प्रसाद भाट, मन बहादुर चलाउने, खकेन्द्र ढकाल, डम्बर चलाउने, लोक बहादुर बिष्ट, खडक बिष्ट, शिक्षक बम बहादुर खत्री राम बहादुर भण्डारी लगायतका अतिथि रहनु भएका थिए ।

नगर कमिटी अध्यक्ष खडक सिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकले नगर इन्चार्ज रण बहादुर विष्टको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन समिति, नगर सह इन्चार्ज जनक रावतको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति, प्रदेश कमिटी सदस्य मोतीकला चलाउनेको संयोजकत्वमा सांस्कृतिक समिति, नगर अध्यक्ष खडक सिंह भण्डारीको संयोजकत्वमा ११ सदस्यीय मत सर्वेक्षण समिति, नगर कमिटी सचिव दल बहादुर विष्टको संयोजकत्वमा आर्थिक समिति र अमृत विष्टको संयोजकत्वमा युवा परिचालन समिति गठन समेत गरेको छ । बैठकको सञ्चालन नगर कमिटी सचिव दल बहादुर विष्टले गरेका थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.