मंगलसेन नगरपालिकामा टाइफाईड रोग बिरुद्धको खोप अभियान सम्वन्धि अभिमुखिकरण

Kirci Gyan Kendra

टाइफाईड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाईड खोपको सुरुवात सम्वन्धि नगरपालिका स्तरिय अभिमुखिकरण तथा योजना गोष्ठि मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

Samajik New Add 2082

प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । नगर उपप्रमुख सरिता उपाध्याय बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, बिभिन्न संघ संगठनका प्रमुख प्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका प्रमुख प्रतिनिधि, क्याम्पस प्रमुख, बाल क्लवका प्रमुख प्रतिनिधि, महिला स्वयंसेविका गरि ४० जनाको सहभागिता रहेको थियो ।

Saud Agro Kailash

अभिमुखिकरण कार्यक्रममाप्रस्तुतिकरण गर्दै नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले खोपको परिचय, इतिहास, नेपालमा खोपको अवस्था, टाइफाईड खोप अभियानको महत्व, टाइफाईड हुने कारण, सर्ने माध्ययम, रोकथामका उपाय र खोपको सामान्य असरबारे जानकारी सहित छलफल गराउनुभएको थियो ।

सोहि कार्यक्रममा मंगलसेन नगरपालिकामा यहि चैत्र २७ गते देखि ३० गतेसम्म विद्यालय र स्वास्थ्य संस्थामा स्थापना गरिएका खोप केन्द्रबाट ११ हजार २ सय ५ बालबालिकालाई खोप लगाउने योजना समेत तयार पारिएको छ ।

टाइफाईड रोग बिरुद्धको खोप अभियानमा आ आफ्नो तहबाट साथ सहयोग गरिदिनका लागि पनि नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.