जुपुको चैते दशैँ मेलामा पुजाआजा, बोका रागाँको बलि सहित देउडा खेल हुने

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालीका वडा नम्बर १० जुपुमा परापूर्वकाल देखि मनाईदै आएको चैते दशै यस वर्ष भब्य हुने भएको छ । चैत्रा अष्टमी (चैते) दशै मेला चैत्र २६ गतेका दिन पुजाआजा, रागा बोकाको बलि र देउडा खेलाडीको बिचमा देउडा खेल हुने भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

चैते दशैको कार्यक्रम अनुसार २५ गते पुजा आजा र लाख वत्ती हवन, २६ गते विहान ७ वजे देखि बोका बली, २६ गते दिउसो ३ बजे देखि राँगाको बली दिने कार्य शुरु गरिने वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावलले बताउनु भयो ।

Mellekh RM1

साथै मेला अवधिभर मदिरा सेवन र विक्रि वितरणमा कडाइ गरिएकाले मेलामा कुनै पनि व्यक्ति वा समुहले मदिरा सेवन गरि मेला विथोल्ने कार्य गरेमा प्रचलित कानुन वमोजिम कडा कार्यवाही गरिने अध्यक्ष रावलले बताउनु भयो ।

चैते दशैँ सम्पन्न पश्चपश्चात २७ गते विहान साढे ७ वजे देखि बेलुका ४ वजे सम्म सुर्खेतकी चर्चित देउडा कलाकार बेला रोकाया, जुम्लाकी सपना रावल र अछामका स्थानीय चर्चित देउडा कलाकारहरुका विच प्रतिस्पर्धात्मक देउडा खेल हुने वडा सचिव दिल बहादुर बोहराले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.