ऋषिदहमा कुटानी, पिसानी र पेलानी मिलको उदघाटन गरियो

वाक नेपाल मार्फत भएको कामको गाउँपालिका अध्यक्षद्धारा प्रशंसा

Kirci Gyan Kendra

मेल्लेख गाउँपालिका वडा नम्बर १ र २ ऋषिदहमा २ वटा कुटानी, पिसानी र पेलानी मिलको उदघाटन गरिएको छ । वाक नेपाल र वर्ल्ड भिजनको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जीविको पार्जन तथा पोषण परियोजना, वडा कार्यालय र जनकल्याण कृषि सहकारी संस्थाको सहयोगमा काम सम्पन्न भएपछि उदघाटन गरिएको हो ।

Samajik New Add 2082

मिल निर्माणमा उत्थानशिल जीविको पार्जन तथा पोषण परियोजनाको रु. ४ लाख, जनकल्याण कृषि सहकारी संस्थाको रु. ४ लाख र २ वडा कार्यालयको रु. ३ लाख गरी कुल जम्मा रु ११ लाख रुपैया लागतमा निर्माण भएको हो ।

जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बहादुर धामी अध्यक्षतामा भएको कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष लोक बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

Saud Agro Kailash

प्रमुख अतिथि अध्यक्ष बोहराले मिलको सुईच खोलेर उदघाटन गर्नु भएको थियो भने वाक नेपालका अध्यक्ष बल बहादुर केसीले मिल संचालनको जिम्मा लिएको जनकल्याण सहकारी संस्थाका अध्यक्षलाई मिलको साँचो हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख अतिथि बोहराले दुर्गम बस्तिका महिलाहरुको दुख पिडालाई मध्य नजर गरी मिल स्थापना गर्न पहल गर्ने वाक नेपाल, सहकारी संस्था र वडा कार्यालयलाई धन्यवाद दिनु भएको छ । साथै आफ्नो गाउपालिका आगामी दिनमा वाक नेपालसंग मसलावाली र आलु प्रशोधन जस्ता कार्यमा सहकार्य र साझेदारीता गरेर काम गर्न सकिने बताए । दुर्गम बस्ति ऋषिदहमा मिल संचालनमा आए पछि स्थानीय वासीहरु हर्षित भएका छन् ।

कर्यक्रममा वडा नम्बर १ का अध्यक्ष तुले धामी, २ का अध्यक्ष दान बहादुर बुढा, वाक नेपालका अध्यक्ष बल बहादुर के.सी., मिल संयोजक जगत रावल, आपूर्ती व्यवस्थापन अधिकृत अनुजा श्रेष्ठ, वडा नं १ र २ मा गठित समुदायमा आधारित संस्थाका प्रतिनिधि र आम समुदायको सहभागीता रहेको थियोे ।

जनकल्याण कृषि सहकारी संस्थाका सचिव मान सिंह बिकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन वाक नेपालका सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.