राष्ट्रिय भुमि आयाेग अछामका अध्यक्ष खडक बिष्टद्धारा पदभार ग्रहण

Kirci Gyan Kendra

राष्ट्रिय भुमि आयाेग जिल्ला समिति अछामका अध्यक्षलाई पदभार ग्रहण तथा स्वागत गरिएको छ । अध्यक्ष खडक बिष्ट मन्त्री परिषदबाट नियुक्त भएसंगै जिल्ला समन्वय समिति अछामको कार्यालयमा पदभार ग्रहण गर्नु भएको थियो ।

Samajik New Add 2082

जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलले पदभार ग्रहण पछि स्वागत गर्दै आगामि दिनमा कार्यभार सफलताका पूरा गर्न शुभकामना दिएका थिए । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जिल्लाको समग्र अबस्थालाई हेरेर जिल्लामा काम गर्न आग्रह गरेमा थिए ।

Saud Agro Kailash

नव नियुक्त अध्यक्ष बिष्टले चुनौती र अवसर दुवै भएकाले सफल रुपमा काम गर्दै अघि बढने बताउनु भयो । आफ्नो अनुभव नै पहिलो भएकाले सबै क्षेत्रसँग समन्वय र सहकार्य गर्दै अघि बढने बताउनु भयो । साथ समितिको विज्ञ सदस्यमा नियुक्त भएका वीर बहादुर शाहिलाई अध्यक्ष बिष्टलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

सोही अवसरमा यश अघि समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी उमाकान्त जोशीले यश अघिको समितिले ६ महिनाको अवधिमा गरेका कामको बारे जानकारी गराएका थिए । पालिका स्तरमा समिति गठन गर्ने, सुचना संकलन कार्य गरिएकोले आगामी दिनमा अन्य थप कामलाई अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा काग्रेस अछाममा उपसभापति चन्द्र प्रसाद ढुंगाना, नेकपा एकीकृत समाजवादी अछामका सचिवालय सदस्य बम बहादुर रावल, पुर्व एसएसपी मान बहादुर रावल, जिल्ला अस्पताल अछामका अध्यक्ष शिव बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.