स्थानीय तहमा लैङ्गिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितताका लागि अन्तक्रिर्या सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

विक्रम परियार : मंगलसेन नगरपालिकामा राजनीति दल र सराेकारबाला बिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । स्थानीय तहमा लैङ्गिक तथा समावेशी समानुपातिक नेतृत्व सुनिश्चितताका लागि राजनीतिक दलका प्रमुख र सराेकारवाला बिच अन्तक्रिया गरिएकाे हाे ।

Samajik New Add 2082

मालिका बिकास संघ नेपालद्धारा संचालित परिवर्तन परियाेजनाकाे आयाेजना र मंगलसेन नगरपालिकाकाे समन्वयमा भएकाे कार्यक्रमकाे अध्यक्षता मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले गर्नु भएको थियो । रहनुभएकाे थियाे ।

Mellekh RM1

कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराले मानव समाज क्रमिक सुधार हुदै आएकाे बताउदै पहिलेकाे र अहिलेकाे अबस्थामा विश्लेषण गर्नु पर्ने बेला आएकाे बताउनु भयाे । अधिकारका कुरा गरेर मात्रै नभएर नेतृत्व बिकास र क्षमता अभिवृद्धि गर्दै गाउँमा भएका गतिविधिकाे निगरानी गर्नुपर्ने पनि बताउनु भयो ।

Saud Agro Kailash

समानुपातिक नेतृत्वका लागि भनेर मात्रै नभएर सबैले सहभागीता र पहुचमा जोढ दिनु पर्ने बताए । कार्यक्रमका सहभागी नागरिक समाज समुहका महिलाहरुले स्थानीय तहकाे निर्वाचनमा आफ्ना जनप्रतिनिधिलाई एकजुट भएर बिजयी गराउने र आफुहरुले पनि नेतृत्व गर्न सक्ने हिम्मत भएकाे बताएका थिए ।

कार्यक्रममा राजनीतिदलका प्रमुख तथा प्रतिनिधिले पनि महिला, दलित, अल्पसंख्यक लगाएतका प्रतिनिधि छनाेटमा प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा एमालेका नगर सचिव डम्मर रावल, नेपाली कांग्रेसका नगर सभापति झपट रावल, नेकपा माओवादी केन्द्रका राजिव साेडारी, नेकपा समाजवादीका नगर कमिटी अध्यक्ष पूर्ण राना लगाएतले मन्तब्य सहित प्रतिवद्धता जनाउनु भएकाे थियाे ।

कार्यक्रममा सुरुवाति चरणमा मालिका बिकास संघ परिवर्तन परियोजनाका संयोजक रतन रावलले कार्यक्रमकाे उदेश्य बारेमा जानकारी गराउनु भएको थियाे । मालिका बिकास संघका सुचना अधिकारी कुल बहादुर साउँदकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे संचालन सामाजिक बिकास अधिकृत गाेपि सिह नेपालीले गर्नु भएको थियाे ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.