कालापानीमा सामुदायिक स्वास्थ्य ईकाइको उदघाटन गरियो

Kirci Gyan Kendra
Saud Agro Kailash

रामारोशन गाउँपालिका वडा नम्बर ३ को कालापानी टोलमा कालापानी सामुदायिक स्वास्थ्य ईकाइको उदघाटन गरिएको छ । वडा अध्यक्ष तारा बहादुर साउदको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष झंकर बहादुर साउद (भाष्कर) प्रमुख अतिथि रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथि साउदले ब्यानर बाचन तथा रिवन काटेर उदघाटन गर्नु भएको थियो । कार्यक्रममा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य ललिता बुढा, एमाले जिल्ला सदस्य पाना देवि साउद, नेकपा माओवादी केन्द्रका कृष्ण कार्की, हेअ दिपक खनाल, एमआइएस अपरेटर दल वहादुर साउद, प्राविधिक निराजन रोकाया अतिथि रहनु भएको थियो । कृष्ण कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अहेब बम बहादुर साउदले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.