सत्ता गठबन्धन दल कांग्रेसले ईमान्दारिता देखाउन जरुरी छ : नेता कुवर

Purnima Mobile
Kirci Gyan Kendra

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चौरपाटी गाउँपालिका संगठन कमिटीको प्रथम भेला सम्पन्न भएको छ । गाउँपालिका संगठन कमिटीका अध्यक्ष रामबहादुर साउदको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् कमिटी उपाध्यक्ष शेर बहादुर कुँवर रहनुभएको थियो ।

Samajik New Add 2082

भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कुँवरले नेकपा एमाले विभाजित हुँदा इमान्दार, सिद्धान्तनिष्ट र क्षमतावान नेता कार्यकर्ताहरुले एकिकृत समाजवादी तर्फ लाग्नुपर्ने वताउनु भयो । उहाँले केपी ओलि दलाल, व्यापारी र भ्रष्टलाई मात्र संरक्षण दिने पार्टी भएकाले सच्चा कम्युनिष्ट पार्टी समाजवादी पार्टीमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

Mellekh RM1

केन्द्रिय सदस्य कुँवरले दुई तिहाइ बहुमत कम्युनिष्ट सरकार केपि ओलिको अहकारी सोचकका कारण अन्त्य भएको बताउनुभयो । केन्द्रिय सदस्य कुँवरले केपी शर्मा ओली भ्रष्ट, दलाल र बिचौलियाका मात्र संरक्षक भएको आरोप लगाउनुभयो ।

सत्ता गठबन्धनमा नेपालि कांग्रेश पार्टीले ईमान्दारिता देखाउन पर्नेमा जोड दिनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा भागवण्डा गर्दा सबै पार्टी अस्तित्वमा स्वीकार्नु पर्नमा जोड दिनुभयो । कांग्रेसले ठुलो पार्टी भनेर दम्भ देखाएमा त्यसको ठुलो मुल्य चुकाउनु पर्नेमा जोड दिनुभयो ।

Saud Agro Kailash

बैशाख महिना आउन अझै बाकी रहेको बताउदै कुवरले अस्तित्व जोगाउने भएर सोचेर अघि बढ्नको लागि सुझाव दिनुभयो । भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी अध्यक्ष हिरिण्ड भट्टराईले अछामको कम्युनिष्ट आन्दोलन हिजो आज र भोलि पनि शेरबहादुर कुँवरको नेतृत्व अधि बढ्ने बताउनुभयो ।

अछाममा कम्युनिष्ट पार्टीको संगठन निर्माणमा पार्टीका केन्द्रिय सदस्य कुँवरको भुमिकाले अछाममा कम्युनिष्ट किल्ला भएको दाबी गर्नुभयो । वामगठबन्धनको बाधक एमाले नै भएको बताउनुभयो । उहाँले समाजवादी पार्टीले चैत १२ गते कार्यगत एकताको लागि निर्णय गरेपनी एमालेका साथीहरू कुनै छ्लफल नगरेको उहाँको भनाई रहेको छ ।

अहिले आएर हार्ने डरले वामगठबन्धन एक हुनु पर्ने भन्नुको कुनै तर्क नरहेको अध्यक्ष भट्टराईको भनाई रहेको छ । भेलामा सहभागी गाउँपालिका संगठन कमिटी ईन्चार्ज हर्कबहादुर साउदले चौरपाटीमा एकीकृत समाजवादीको संगठन मजबुत रहेको बताउनुभयो गाउँगाउँमा जनताको लहर समाजवादी पार्टीमा लहर बढेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष समेत रहेका साउदले जनतामाझ एकीकृत समाजवादी पार्टीले गरेका कामले आगामी चुनावमा जित्ने दाबी गर्नुभयो ।आफू नेतृत्वको गाउँपालिकाको सरकारले बिकास निर्माणको जग बसालेको दाबी गर्नुभयो ।

भेलालाई समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुँवर, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य हर्क लोहार, जिल्ला कमिटी सदस्य उदयराम साउद, प्रसाद सिंह साउद, रामबहादुर साउद, शिव बहादुर बिक, जिल्ला सल्लाहकार सदस्य भिमबहादुर कुमाल लगायतको सहभागीता रहेको थियो। चौरपाटी गाउँपालिका संगठन कमिटीका उपाध्यक्ष डम्बर बहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य तपेन्द्र कुँवरले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.