हिच्मामा टाइफाइड रोग बिरुद्दको खोप बैशाख ३ गतेबाट लगाईने

टंक प्रसाद रिमाल : गाउँपालिकाको वडा नम्बर २ हिच्मामा टाइफाइड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात हुने भएको छ । १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाईफाइड रोग बिरुद्धको खोप बैशाख ३ गते देखि सुरु हुने भएको छ ।

हिच्माका प्रत्येक बिद्यालय र बालबिकास केन्द्रमा संचालन गरिने खोप बैशाख ३ गते देखि कालिका माबि हिच्मा र भलाने बालबिकास केन्द्रबाट सुरुवात गरिने खोप पुस्तिका आवासिय विद्यालय फाटाबगर र दुन्ता बालबिकास केन्द्रमा ४ गते, त्यसै गरि ५ गते सरस्वती आवासीय विद्यालय बडिरुख र जाल्पादेबी आवासिय विद्यालय रिठाचौकामा संचालन गरिने हिच्मा स्वास्थ्य चौकी प्रमुख बल बहादुर बुढाले बताउनु भयो ।

Janahitkari notice EYE

बुढाले आफ्नो पायक पर्ने नजिकैको बिद्यालयमा गएर १५ महिना देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोग बिरुद्दको खोप लगाउन आग्रह गरेका छन । बिधालय बाहिर रहेका र खोप लगाउन छुटेका बालबालिकाको लागि भने खोपको अन्तिम दिन बैशाख ६ गते हिच्मा स्वास्थ्य चौकीमै खोप संचालन गरिने बताईएको छ । ढकारी गाउपालिका वडा नम्बर २ हिच्माको तथ्यांक अनुसार विद्यालय बाहिर रहेका १६० सहित ९६० जना बालबालिका खोपबाट प्रत्यक्ष लाभान्वित हुने भएका छ्न ।

ढकारी गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको वडा स्तरिय अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारी, सम्पुर्ण बिधालयका प्रअ, समाजसेवी, बुद्दिजिबी, सरोकारवालाको सहभागीता रहेको थियो ।

वडा नम्बर २ का अध्यक्ष एंव स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष नकुल बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकी प्रमुख बल बहादुर बुढाले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.