निजामती कर्मचारी संगठनको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन अछामको आयोजनामा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विष्णुप्रसाद जैसीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि बोहराले निर्वाचन केन्द्रीत अभियानलाई मध्येनजर गर्दै पार्टी जिताउने अभियानमा सबैले भुमिका खेल्न आग्रह गर्नु भयो । पार्टी र आन्दोलन पहिलो ठानेर अघि बढनु पर्ने बताउदै हरेक परिवर्तनमा एमाले पार्टी अग्रमोर्चामा भएकाले सबै परिवर्तन बचाएर राख्नुपर्ने बताए ।

Everest Incitute

राज्य र सत्ताको चरम दुरुपयोग गर्ने पार्टी काग्रेस भएकाले हरेक जनता सचेत हुनुपर्ने बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महतले निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीको हकहित र संरक्षणका लागि पार्टीले बुलन्द आवाज उठाउनु पर्ने बताउनु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले अछामका सचिव एंव प्रचारप्रसार विभाग प्रमुख भीम बहादुर रावल, उपसचिव डम्बर बिसी, स्वास्थ्यकर्मी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद ढुंगाना लगाएतको सहभागीता रहेको थियो ।

बैठकको समापन गर्दै अध्यक्ष विष्णुप्रसाद जैसीले कर्मचारी संगठनको तर्फबाट खेल्नुपर्ने भुमिकामा जहिले पनि अग्रसर भएर लागि पर्ने बताउनु भयो । बैठकको संचालन जिल्ला सचिव झनक अधिकारीले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.