साँफेबगर नगरपालिकामा बैशाख २१ गतेबाट विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सुरु हुने

Kirci Gyan Kendra
Saud Agro Kailash

साँफेबगर नगरपालिकाले शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम बैशाख २१ गतेबाट संचालन गर्ने भएको छ । बैशाख २० गतेभित्र बार्षिक परिक्षाको नतिजा सार्वजनिक गरेर “सबै बालवालिका विद्यालय पठाऔं- शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ शैक्षिक सत्र – २०७९ को विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम २१ गतेदेखि २८ गतेसम्म संचालन गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा सॉफेबगरका प्रमुख हिरादत्त भट्टले बताउनु भयो ।

Samajik New Add 2082

भर्ना तथा स्वागत अभियान अन्तर्गत विद्यालय बाहिर रहेका सबै शिक्षकहरुलाई विद्यालयमा अनिवार्य उपस्थित गराई २०७९ बैशाख २० गते भित्र शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशन गरी सक्ने, विद्यालयका एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ती तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिने,
व्यव्सथापन समितिको बैठक बाट नै निर्णय गराई कार्यतालिका सहित मिति २०७९ बैशाख २१ गते देखी मिति २०७९ बैशाख २८ गतेसम्म अनिवार्य रुपले घरदैलो अभियान सञ्चालन गरी विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने र भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयले तत्काल स्वागत गर्ने र निः शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने र विद्यार्थी भर्नाका लागी आफ्नो सेवा क्षेत्र भित्र व्यापक रुपमा प्रचार-प्रचार र सूचना गर्ने रहेको प्रमुख भट्टले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.