कुन्ति माविका ५ जना अनाथ टुहुरा बिद्यार्थीलाई शैक्षीक सामग्री हस्तान्तरण
नगरप्रमुख बोहरा सहितको टोलिद्धारा वार्षिक परिक्षाको पनि अनुगमन
मंगलसेन नगरपालिका १ स्थित कुन्ति मावि सुवाखाँदमा अभिभावक दाैतरि शिक्षा अन्तरगत शैक्षीक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत ५ जना अनाथ टुहुरा बिद्यार्थीलाई नगरप्रमुख पदम बहादुर बोहराको विशेष उपस्थितिमा शैक्षीक सामग्री हस्तान्तरण गरिएको हो ।
बिद्यार्थिहरुलाई १ थान झाेला, स्कुल ड्रेस १ थान, नाेटबुक १ दर्जन र कलम १ दर्जनका दरले हस्तान्तरण गरिएको थियो । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, बिद्यालयका प्रधानाध्यापक मदन बहादुर बाेगटी, नगरपालिका एम आई एस अपरेटर हाेम बहादुर साउद, अभिभावक मथुरा जयगडी र बिद्यालय नर्स जमुना खातीको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।
यसैविच नगरप्रमुख पदम बहादुर बोहरा सहितको टोलिले कुन्ति माविमा सञ्चालन भईरहेको वार्षिक परिक्षाको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा परिक्षाको व्यवस्थापन र विद्यार्थिको वसाई व्यवस्थापन उत्कृष्ट रहेको अनुगमन टोलिले प्रतिक्रिया दिएको छ । यस्तै नगरप्रमुख बोहराले स्वास्थ्यचौकी कुन्तिवण्डालीको निर्माणाधिन भवनको समेत अनुगमन गरि आवश्यक निर्देशन दिनुभएको छ ।