रामारोशन गाउँपालिकामा एक महिने नेपाली कागज उत्पादन तालिमको समापन

सीप सिकेका व्यक्तिलाई गाउँपालिकाबाट अवसर दिईनेः प्रमुख प्रशासकीय अधिकृत भण्डारी

Purnima Mobile
Samajik Bal biwaha

दलबहादुर साउद, रामारोशन, ७ वैशाखः

Mangala Bharna

रामारोशन गाउँपालिकामा वडानम्वर ३ मा एक महिने नेपाली कागज उत्पादन तालिमको समापन गरिएको छ । रामारोशन गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय अछामको संयुक्त आयोजनामा संचालित तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो ।

Mellekh RM1
Saud Agro Kailash

घरेलु तथा साना उद्योग कार्यालयका नायव सुब्बा प्रकाश उपाध्यायको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सीप सिकेका व्यक्तिहरुलाई रामारोशन गाउँपालिकाबाट बिभिन्न अवसर र रोजगारीका कार्यक्रममा समेटीने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिकेको सीपलाई सहि सदुपयोग गर्दै उद्यमशिल व्यावसायीक वन्न पनि सहभागिलाई आग्रह गर्नुभयो । राम्रो गर्ने व्यक्तिलाई गाउँपालिकाबाट विभिन्न अनुदानका कार्यक्रमहरुमा प्राथमिकता दिईने बताउँदै भण्डारीले त्यसतर्फ अग्रसर बन्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमका अन्य अतिथिमा लक्ष्मी हाते कागज उद्योगका प्रोपराईटर धर्म सिंह साउद, प्रशिक्षक भानुभक्त खत्री लगायतका रहनुभएको थियो । कार्यक्रमको संचालन गाउँपालिका एम आई एस अपरेटर दल बहादुर साउदले गर्नुभएको थियो । २०७८ चैत्र ७ गतेबाट सुरु भएको तालिममा वडानम्वर ३, ६ र ७ बाट ८ जना महिला र ४ जना पुरुष १२ जना सहभागी रहेका थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.