अछामका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अछाम :

अछाम जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भएका छन् । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १० वटै पालिकामा एकसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका हुन् । जिल्ला अदालत संगै रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने सोहि कार्यालयबाट मंगलसेन नगरपालिकाको निर्वाचनका सबै कार्यहरु हुनेछन । यस्तै अन्य ९ वटै स्थानीय तहमा भने कार्यपालिकाको कार्यालय संगै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएसंगै निर्वाचन सम्बन्धी कामहरु समेत अघि बढेका छन ।

Everest Incitute

यसैविच जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि एक कार्यक्रमका विच निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै तुर्माखाँद गाउँपालिकाकाका लागि निर्वाचन अधिकृत भेषराज पौडेलको पदभार समेत ग्रहण गर्नुभएको छ । सो कार्यक्रममा तुर्माखाँद गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, सूचना प्रविधि अधिकृत कृष्ण सोडारी लगायत गाउँपालिकाका कर्मचारीहरु, राजनीतिक दलका प्रमुख प्रतिनिधि, पत्रकार र सरोकारवालाको उपस्थिति रहेको थियो ।

यस्तै जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएको जनाईएको छ ।

अछाममा मुख्य निर्वाचन अधिकृत तथा मंगलसेन नगरपालिकाको अधिकृतमा जिल्ला न्यायधिस मनोज श्रेष्ठ सहित पञ्चदेवल विनायक नगरपालिकामा लक्ष्मी प्रसाद बास्कोटा, कमलबजारमा चुडाराज सापकाेटा, चाैरपाटीमा पदमराज जाेशी, ढकारीमा गणेश बहादुर सिंह र तुर्माखाँदमा भेषराज पाैडेल निर्वाचन अधिकृत रहनु भएको छ। यसैगरी बान्नीगढी जयगढमा हरिष पन्त, मेल्लेखमा राजु कुँवर, रामाराेशनमा राम बहादुर केसी तथा साँफेबगरमा याम नारायण गाैली निर्वाचन अधिकृत खटिनु भएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.