अछाममा ४ हजार ८ सय बढि विद्यार्थीले एसईई परीक्षा दिदै
जिल्ला भरि परीक्षाको सम्पुर्ण तयारी पूरा (भिडियो कुराकानी सहित)
एसईई परीक्षा २०७८ मा अछाममा ४ हजार ८ सय बढि बिद्यार्थी सम्मलित हुने भएका छन । बैशाख ९ गते शुक्रबार बिहान ८ बजेबाट संचालन हुने एसईई परिक्षामा ४ हजार ८ सय ८५ विद्यार्थी सहभागी भएर परिक्षा दिने भएका छन ।
जसमा छात्रा २ हजार ४ सय ६५ र छात्र २ हजार ४ सय २० परिक्षार्थि रहेका शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । जिल्लाका २३ वटा परीक्षा केन्द्र मार्फत साधारण तथा प्राविधिक धारका विद्यार्थी रहेका गिरीले बताए ।
विशेष गरि शिभिल ईन्जिनियरिङ अध्ययन अन्तर्गत मंगला नेरा मावि वलिगाउ, गुरुकुल मावि ढकारी, कृषि तर्फ नेरा मावि चाफामाण्डौँ, प्रभाधम्कोट मावि र सुर्यचन्द्र मावि कालिमाटीका गरि ५ विद्यालयका प्राविधिक धारका विद्यार्थीको परिक्षा शोडषा माध्यमिक विद्यालयको परिक्षा केन्द्रमा परीक्षा हुने गिरीले जानकारी दिए ।
कोरोनाभाईरसको संक्रमण जोखिमका कारण विगत २ बर्षमा विद्यार्थीले परीक्षा दिन नपाएकाले यस बर्ष विद्यार्थी परीक्षा दिनका लागि उत्साहित बनेका उहाँले बताउनु भयो । हरेक विद्यालयमा संचालन हुने परिक्षालाई शान्त, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि सबैलाई सहयोग गर्न प्रमुख गिरीले आग्रह गर्नु भएको छ । शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीसँग गरिएको पूरा कुराकानी हेर्नका लागि तलको लिक खोलेर हेर्नुहोला । https://youtu.be/C2jHzz2yFUo