अछाममा गठबन्धनबाट समाजवादी बाहिरियो, एक्लै चुनावमा जाने भनाई

Kirci Gyan Kendra

शिवराज ढुंगाना : गठबन्धनको कसरतमा रहेका अछामका सत्तारुढ तीन दल मध्येमा नेकपा (एकीकृत समाजवादी) गठबन्धन बाहिरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित जाने निधो गरेर छलफलमा रहेका तीन दल मध्येमा सामाजवादी एक्लै निर्वाचनमा जाने गरेर बाहिरिएको हो ।

Samajik New Add 2082

आफ्नो पार्टीको हैसियत भन्दा बढी माग गरेकोले सामाजवादी गठबन्धनबाट बाहिरिएको हुनसक्ने चर्चा चलेको छ । गठबन्धनमा आफ्नो कुरा नमिल्दा बाहिरएको र एक्लै निर्वाचनमा जाने समाजवादी अछामका उपसचिव नमराज न्यौपानेले जानकारी दिनु भयो । शुरुकै छलफलबाट समाजवादी पार्टीप्रति अन्य दुई पार्टीको सकारात्मक नदेखिएको बताइएको छ ।

Saud Agro Kailash

‘हामीलाई पहिल्यै अनुमान गरेका थियौं, तरपनि माथिजस्तै यहाँ पनि मिलेर जानुपर्छ भन्नेमा थियौं, सबै पालिका र वडामा हाम्रो उम्मेद्वारी रहन्छ ।’ न्यौपानेले भन्नुभयो । प्रारम्भिक छलफलमा मंगलसेन, साँफेबगर नगरपालिका, चौरपाटी र ढकारी गाउँपालिकामा आफ्नो नेतृत्व गठबन्धनमा मागेको समाजवादीले पछि केही लचिलो भएपनि सहमति जुट्न नसकेको बताइएको छ ।

पटक पटक गठबन्धनमा छलफल भएपछि सहमति जुट्ने संकेत नदेखिएपछि समाजवादी मंगलसेन नगर कमिटी अध्यक्ष पूर्णबहादुर रानाले आफ्ना छानिएका सबै उम्मेद्वारले नागरिकता सहितका कागजात ल्याउन आएर शनिबार बिहानै सामाजिक सञ्जालमा सूचना जारी गरिसकेका थिए । दुई स्थानीय तह र ३० वडा माओवादीलाई
स्थानीय तहको निर्वाचनका क्रममा अछाममा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा जाने भएका छन् । सोही अनुसार काँग्रेस र माओवादी केन्द्र बीचमा स्थानीय तह र वडाको नेतृत्व विभाजन गरिएको बताइएको छ ।

दश स्थानीय तह मध्येमा माओवादी केन्द्रले रामारोशन र मेल्लेख गाउँपालिकाको नेतृत्व पाउने छ । ती दुई स्थानीय तहको उपाध्यक्षमा काँग्रेस बस्नेछ । अन्य आठ स्थानीय तहमा काँग्रेसले नेतृत्व पाउने छ भने दोश्रो पदमा माओवादी केन्द्रले भाग पाउने भएको माओवादी केन्द्रका केन्द्रिय सदस्य झपट बहादुर साउँदले जानकारी दिनु भयो ।

यस्तै ९१ वडा मध्येमा ३० वडा अध्यक्ष माओवादी केन्द्र र ६१ वडा काँग्रेसको भागमा परेको साउँदको भनाइ छ । वडा अध्यक्ष पद पाउने पार्टीले दुई वडा सदस्य समेत पाउने लगभग सहमति भएको बताइएको छ । सहमति भएको तर केही कुरा नमिले नेपाली काँग्रेस अछामका सभापति पुष्पबहादुर शाहको भनाइ छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.