त्रिपालमुनि बित्यो नेपाली रेलको एक वर्ष, सञ्चालन सम्बन्धमा अझै अन्याैल

Purnima Mobile
Kirci Gyan Kendra

जनकपुरधाम – असोज २ गते नेपालको झण्डाको रंगमा रंगिएको दुई सेट रेल जनकपुरधाम आएको थियो। रेल जनकपुरधाममा आउने सुनेपछि कोरोनाको कहरबीच स्थानीय हजारौँ संख्यामा रेल्वे स्टेसनमा उपस्थित थिए।

Samajik New Add 2082

जनकपुरधाम रेल्वे स्टेसनमा मात्र नभई बाटोमा पर्ने हरेक स्टेसनमा स्थानीय मेलाझैँ भीड गरेर बिहानैदेखि कुरेर बसेका थिए। तर तिनीहरूको रेल चढ्ने सपना अझै पूरा हुन सकेको छैन।

Mellekh RM1

रेल आएको दिन अर्थात् असोज २ गतेतिर प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममै रहेको र सो दिनसम्म प्रदेशमा ५ हजार ७ सय १३ जना कोरोना संक्रमित पुष्टि भएका थिए। धनुषामा मात्र ८ सय ६३ जना कोरोना संक्रमित थिए।

एकातर्फ कोरोना संक्रमणको डर, अर्कोतर्फ स्थानीय प्रशासनले जिल्लाभर लकडाउन गरेको थियो। तर, रेल आउने खुसीमा रेललाई हेर्न स्थानीयले न कोरोनालाई बेवास्ता गरे न त स्थानीय प्रशासनको निर्णय।

तर, रेल आएको एक वर्ष बितिसक्दा पनि रेल सञ्चालन हुने काँटछाँट देखिएको छैन। पछिल्लो एक वर्षदेखि दुई सेट रेल धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेसनमा त्रिपालमुनि छोपिएर राखिएको छ।

वर्षा, हावा–हुरीको कारण त्रिपालसमेत च्यातिसकेको छ भने रेल्वेको पार्टपुर्जामा खिया लाग्न थालेको छ, अझ कहिले सञ्चालनमा आउने कुनै ठेगान छैन।

Saud Agro Kailash

एक वर्षअघि रेल आए पनि सञ्चालनमा कहिले आउने टुंगो भने लागेको थिएन। नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले कोरोना संक्रमणको त्रासका कारण रेल सर्वसाधारण यात्रुका लागि सञ्चालनमा ल्याउनु घातक रहेकाले अहिले सञ्चालन गर्ने समयको यकिन समय भन्न नसकिने बताएका थिए। उनले कोरोना संक्रमणले बाधा–व्यवधान नगरे डेढ महिनाभित्रै सर्वसाधारण यात्रुका लागि रेल्वे सञ्चालनमा ल्याउने योजना रहेको बताएका थिए। तर, अहिले उनले पदबाट राजीनामा दिइसकेका छन्।

यता, नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले अहिले तत्कालै रेल गुड्ने अवस्था नरहेको बताए। दुई सेट रेल खरिद भएर आइसके पनि कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था नरहेको उनले बताए।

उनले भने, ‘रेलसम्बन्धी कानुन प्रतिनिधिसभाबाट पारित भइसकेको छैन, प्राविधिक विषयमा पनि समस्या छ। सञ्चालनका लागि अझै दुई–तीन महिना कुर्नुपर्ने अवस्था छ।’

भाडा निर्धारण, यात्रु बिमा, दुर्घटनालगायतबारे पनि अहिले निर्णय भएको छैन। रेल सञ्चालन हुनेबित्तिकै कानुनको आवश्यकता रहेको पनि अहिले संसद्मा विचाराधीन अवस्थामा रहेको महाप्रबन्धक झाले बताए।

रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोकँण रेल्वे कम्पनीले केही साताअगाडि मात्रैै सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिइसकेको छ। सम्झौताअनुसार नेपाल सरकारले भुक्तानी नगरेको भन्दै कोकँणले सम्झौता रद्द गर्ने भन्दै रेल्वे कम्पनीलाई पत्र पठाएको थियो।

महाप्रबन्धक झाले कोकँण कम्पनीलाई सम्झौताअनुरूप रकम भुक्तानी प्रक्रिया अगाडि बढाइएको र भुक्तानी प्रक्रिया चाँडै पूरा हुने बताए।
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किमि सञ्चालनमा थियो। तर नेरोगेजबाट ब्रोडगेजमा परिणत गर्न ०७१ साल माघदेखि रेल बन्द गरिएको थियो।

भारत सरकारको सहयोगमा ३ चरणमा रेल्वे निर्माण हुँदै छ। पहिलो चरणमा जयनगर–कुर्था ३४ किमि, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किमि र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमि हुँदै छ। पहिलो चरणको सम्पूर्ण कार्य भए पनि रेल्वे सञ्चालनमा नआएपछि स्थानीयमा निराशा छाएको छ।

 

-Deshsanchar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.