अपडेट : अछाममा ४ सय ७५ पदमा १ हजार ५ सय २ जनाको उम्मेदवारी

Kirci Gyan Kendra

अछाम जिल्लामा गएराति अबेरसम्म स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २ जनाको उम्मेदवारी यो समाचार तयार पार्दासम्म आदिकारिक रुपमा ईन्ट्री भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा कमलबजार नगरपालिका १६७, चौरपाटी गाउँपालिका ११३, ढकारी गाउँपालिका १३७, तुर्माखाँद गाउँपालिका १४३, पञ्चदेवल विनायक नगरपालिका १९३, बान्नीगढी जयगढ गाउँपालिका १०६, मंगलसेन नगरपालिका १९२, मेल्लेख गाउँपालिका१६१, रामारोशन गाउँपालिका १११ र फेबगर नगरपालिका १७९ गरि कुल जम्मा १ हजार ५ सय २ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले बताउनु भयो ।

जिल्लाका १० वटै पालिकाबाट प्राप्त उम्मेदवारी दर्ता फाईल जिल्लामा ईन्ट्री गर्ने कार्य जारी रहेकाले सख्या अझै बढन सक्ने थारुले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.