अछामको अन्तिम अपडेट : ४ सय ७५ पदमा १ हजार ५ सय २३ जनाको उम्मेदवारी

Kirci Gyan Kendra

अछाम जिल्लामा गएराति अबेरसम्म स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन । अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २ जनाको उम्मेदवारी दर्ता गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंश नायकद्धारा हस्ताक्षरित सुचना मार्फत सार्वजनिक गरिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

जसमा कमलबजार नगरपालिका १६५, चौरपाटी गाउँपालिका ११३, ढकारी गाउँपालिका १३७, तुर्माखाँद गाउँपालिका १६४, पञ्चदेवल विनायक नगरपालिका १८६, बान्नीगढी जयगढ गाउँपालिका १०६, मंगलसेन नगरपालिका १९२, मेल्लेख गाउँपालिका १६१, रामारोशन गाउँपालिका १११ र साँफेबगर नगरपालिका १८२ गरि कुल जम्मा १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अछामका सुचना अधिकारी गजेन्द्र प्रकाश थारुले बताउनु भयो ।

१० वटै पालिकामा प्रमुख/अध्यक्षमा ४९ जना, उपप्रमुख/उपाध्यक्षमा ४६, वडा अध्यक्षमा ३२१, खुल्ला सदस्यमा ३९८, महिला सदस्य २६२, दलित महिला सदस्यमा ४४७ जनाको उम्मेदवारी रहेको छ ।
पूरा लिष्ट :

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.