तुर्माखाँदलाई समृद्ध बनाउन एमालेको जित आवश्यक छ : अध्यक्षका उम्मेदवार डम्बर बिसी

Kirci Gyan Kendra

नेकपा एमालेको तुर्माखाँद गाउपालिका संगठन अन्तर्गत चुनावि सभा रानिवनमा सम्पन्न भएको छ । पार्टीको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डम्बर बिसीले गाउँपालिकाको मुहार फेर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

५ बर्षको अवधिमा काग्रेस नेतृत्वको सरकारले पालिकामा कुनै बिकासको काम गर्न नसकेकोले एमाले विजयी भए बिकासले फड्को मार्दै जाने बताए । ५ बर्षको बिकासले जनता सन्तृष्ट नभएकाले अब हरेक नेता कार्यकर्ता एकजुट भएर नयाँ परिवर्तनका लागि लाग्नु पर्ने बताए ।

मुक्तिनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदम बहादुर बुढा नेकपा एमाले जिल्ला उप-सचिव तथा तुर्माखाँद गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर विसी, जिल्ला कमिटी सदस्य तथा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार विमला शाही, वडा नम्बर ६ रानिवनका वडा अध्यक्ष पदका उम्मेदवार केश बहादुर माझी, राष्ट्रिय यूवा संघ जिल्ला अध्यक्ष हेमन्त विसी, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य कर्ण बहादुर बुढा, अनेरास्ववियु अछाम जिल्ला कमिटी सचिवालय सदस्य राज कुमार सुनार लगाएतका अतिथि रहनु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.