एमाले मंगलसेन ९ को घरदैलो सहित चुनावी कोणसभा सम्पन्न

Kirci Gyan Kendra

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको घरदैलो अभियान सहित कोणसभा कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेकाे तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहरा, उपमेयरका उम्मेदवार सगिता रावल सोडारी, वडाका अध्यक्ष, सदस्य उम्मेदवारलाई विजयी गराईदिन प्रत्येक घरदैलोमा पुगेर मतदाता भेट गरेका थिए ।

Samajik New Add 2082
Saud Agro Kailash

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका पदका उम्मेदवार पदम बहादुर बोहराले नेकपा एमाले सरकारले गरेका लोकप्रिय कार्यक्रम देखेर गठबन्धन धारी दल अतालिएका बताउनु भयो । यस अघिको ५ बर्षे कार्यकालका थुप्रै कार्यक्रम भएतापनि काग्रेसले जनताको माझमा कुप्रचार गर्दै गएको बताउनु भयो । एमाले प्रदेश कमिटी सदस्य समेत रहनु भएका नेता बोहराले यसअघिको अनुभवलाई पुर्णमा प्रयोग गर्दै जनपक्षीय काम गर्दै जाने बताए ।

कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले देशको मुहार फेर्ने सकल्पका साथ एमाले अघि बढेकाले जित सुनश्चित भएको बताउनु भयो । जनताको पक्षमा गरेका एमालेका थुप्रै राम्रा काम भएकाले एमाले जित्ने आधार बन्दै गएको बताउनु भयो । नगरमा अधुरा काम पूरा गर्न एमालेको जित आवश्यक रहेको बताउदै नेता कार्यकर्ता एकताबद्ध भएर अघि बढन आग्रह गरे ।

कोणसभालाई नेकपा एमाले प्रदेस कमिटी सदस्य भिम जनाला, एमाले अछामका सचिव भीम बहादुर रावल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य एव कार्यवाहक नगरप्रमुख सरिता उपाध्याय, अनेरास्ववियु स्थायी कमिटी सदस्य कमल ढुंगाना, उपमेयर पदका उम्मेदवार सगिता रावल सोडारी, नेकपा एमालेका नेता पुष्पराज भण्डारी, शिक्षक संगठनका नेता धर्म बहादुर रावलले मन्तव्य राख्नु भएको थियो । प्रेस चौतारी अछामका कोषाध्यक्ष कमल रावलले संचालन गर्नु भएको कोणसभाको समापन वडा अध्यक्ष पदका उम्मेदवार पदम बहादुर बोहराले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.